टर्कीका राष्ट्रपति एर्दोआनले अमेरिकालाई पनि दिए धम्की, कोसित भिड्दै हो थाहा पाइराख्नू

रुसको एस । ४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका विषयमा नेटोका दुई सदस्य मुलुक अमेरिका र टर्कीबीच शाब्दिक ल’डाइँ चलिरहेको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले यस विषयमा अमेरिकालाई खुलमखुला धम्की दिएका छन् । कसको सामना गर्दैछु भन्ने अमेरिकालाई थाहा नभएको उनले बताए ।

आफूहरू कमजोर राष्ट्र नभएको उनको भनाइ छ ।

रुससँग किनेको एस–४०० क्षे’प्यास्त्र प्रतिरक्षा प्रणालीको परीक्षण बन्द नगर्ने पनि उनले बताए ।

आइतवार मलाटया शहरमा भाषण गर्दै उनले भने, ‘कसको सामना गर्दैछु भन्ने अमेरिकालाई थाहा छैन । हामीलाई ऊ एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली रुसलाई फर्काउन भन्दैछ ऊ तर हामी कमजोर राष्ट्र हैनौं । हामीहरू टर्किश हौं ।’

उनले थपे, ‘अमेरिकाले हामीमाथि कुनै प्रतिबन्ध लगाउन चाहेको भए लगाए हुन्छ । ढिलो नगरे हुन्छ । हामीले अमेरिकाको एफ–५ लडाकू विमानका लागि पैसा दिएका छौं तर अहिलेसम्म उसले उपलब्ध गराएको छैन ।’

शनिवार टर्कीका रक्षामन्त्री हुलुसी अकारले टर्कीश सेना एस–४०० एयर डिफेन्स सिस्टमको परीक्षण गरिरहेको र तैनाथीको तयारी पनि गरिरहेको बताएका थिए । रुससँग क्षेप्यास्त्र प्रतिरक्षा किनेर आफूहरू नेटोबाट अलग नभएको उनले बताए ।

यस हतियारको खरिदका कारण अमेरिका र टर्कीबीच विवाद चर्किरहेको छ । रुससँग हतियार किनेकोमा अमेरिकाले टर्कीको कठोर आलोचना गरेको छ ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…