अमेरिकालाई तह लगाउन रुस र चीनबीच सैनिक गठबन्धन बन्न सक्ने पुटिनको संकेत

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुस र चीनबीच भविष्यमा सैन्य गठबन्धन हुन सक्ने बताएका छन् ।

संसारको दोस्रो र तेस्रो सबभन्दा ठूलो सैन्यशक्ति भएका दुई मुलुकबीचको गठबन्धन कुनै कुनै क्षेत्रमा अमेरिकी सेनाभन्दा बढी शक्तिशाली हुनेछ ।

पुटिनले बिहीवार दिएको बयानले मस्को र बेइजिङबीचको सम्बन्ध गहिरिँदै गएको संकेत दिएको छ । अमेरिकासँग दुवै देशको तनाव चलिरहेको सन्दर्भमा यो बयान अर्थपूर्ण छ ।

परराष्ट्रनीतिविद्हरूसँगको भिडियो कन्फरेन्समा पुटिनलाई मस्को र बेइजिङबीचको सैन्य गठबन्धन सम्भव छ भनी प्रश्न सोधिएको थियो । त्यतिखेर पुटिनले जवाफ फर्काएका थिए, ‘अहिले हामीलाई यो आवश्यक छैन तर सिद्धान्ततः यसको कल्पना गर्न सम्भव छ ।’

रुस र चीनले आफूह’रूबीचको रणनीतिक साझेदारीको प्रशंसा गर्ने गरेका छन् तर सैन्य गठबन्धन बनाउने सम्भावनालाई चाहिँ अ’स्वीकार गर्दै आएका छन् ।

रुस र चीनको सेना ग्लोबल पावर इन्डेक्समा दोस्रो र तेस्रो स्थान स्थानमा छन् र अमेरिका मात्र उनीहरूभन्दा अगाडि छ । उनीहरू मिले भने चाहिँ कतिपय क्षेत्रमा अमेरिकाभन्दा माथि हुन्छन् ।

चीनसँग पूर्णकालीन सैनिक र स्थल सैनिक दुवै संसारमै सबभन्दा बढी छ । उसका पूर्णकालीन सै’निकको संख्या २१ लाख ८३ हजार छ भने स्थल सैनिकको संख्या १० लाख छ ।

रुससँग ९ लाख पूर्णकालीन सैनिक छन् भने ४ लाख स्थल सैनिक छन् ।

अमेरिकासँग १३ लाख ७२ हजार पूर्णकालीन सैनिक छन् भने ४ लाख ७५ हजार स्थल सैनिक छन् ।

रुस र चीनका सेना मिले भने अमेरिकासँग उनीहरूको भन्दा कम सशस्त्र गाडी, रकेट आर्टिलरी वाहन, लडाकू विमान र पनडुब्बी हुनेछन् ।

रुससँग अहिले नै संसारको सबभन्दा धेरै आणविक हतियारको भण्डार छ । उससँग ६३ सय ७५ वटा आणविक वारहेड छन् । चीनसँग २९० वारहेड छन् ।

अमेरिकासँग ५८ सय आ’णविक वारहेड छ ।

रुस र चीनबीच सैन्य गठबन्धन भयो भने त्यो निकै शक्तिशाली हुनेछ तर अमेरिकी सेनाको खर्च रुस र चीनको संयुक्तभन्दा पनि दुई गुणा बढी छ ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…