बेज्जियमका डाक्टरहरूको माग : कोरोना लागे पनि निरन्तर काम गर्न पाउँ

ब्रसेल्स : बेल्जियमका डाक्टरहरूले आफूलाई कोरोना भाइरस संक्रमण भएपनि निरन्तर काम गर्न पाउनुपर्ने माग गरेका छन्। चिकित्सकको कमी हुँदै गएपछि बेल्जियन सहरका कोरोनाको लक्षण नभएका संक्रमित डाक्टर तथा नर्सहरूले निरन्तर काम गर्न पाउनुपर्ने माग गरेका हुन्।

पछिल्लो समय युरोपमा दोस्रो चरणको कोरोना संक्रमण तीव्र हुँदै गएको छ। जसका कारण चिकित्सक समेत संक्रमित भएकाले दक्ष चिकित्सकको कमी हुँदै गएको छ। त्यसैले बेल्जियमका लक्षण नदेखिएका संक्रमित चिकित्सकले निरन्तर काम गर्न चाहेको वासिङटन डिसीले उल्लेख गरेको छ।

बीबीसीका अनुसार करिब एक चौथाइ स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन्। अहिले १० वटा अस्पतालमा कार्यरत कोरोनाको लक्षण नदेखिएका स्वास्थ्यकर्मीले निरन्तर कामका लागि माग गरेका छन्।

बेल्जियन एशोसिएसन अफ मेडिकल युनिनका प्रमुखले अब आफूहरूसँग अर्को विकल्प नै बाँकी नभएको बताएका छन्। यदि संक्रमित चिकित्सकलाई काममा नलगाउने हो भने केही दिनभित्रै अस्पतालहरू नै बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उनले चेतावनी दिएका छन्।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…