दाङमा मंंगोलले कालो टीका लगाएर कालो दिनका रुपमा मनायो दसैं

तुलसीपुर, १० कार्तिक । मंगोल नेश्नल अर्गनाईजेसन जिल्ला सभा दाङले तुलसीपुर–८ बटवलपुरमा दसैंलाई कालो दिनका रुपमा मनाएको छ । आजको दिन पुर्खाहरु काटिएको र नासीएको दिन भएकाले यसलाई कालो टिका लगाएर दसैं बहिष्कार गरेको मंगोल नेश्नल अर्गनाईजेसन जिल्ला सभा दाङका सचिव पृतम चौधरीले जानकारी दिए ।

दसैंलाई सम्पूर्ण नेपालीहरुको महान पर्व भन्न नमिल्ने भन्दै हिन्दुरुको मात्रै दसैं भनेर परिभाषीत गर्न उनिहरुले माग गरे । पुर्खाहरुको रगतले मुछिएको टिका आफुहरुले नमाउने भन्दै अहिन्दु मुलबासी मंगोलले यस दिनलाई कालो दिनका रुपमा मनाउनु पर्ने बताए ।

जिल्ला सभा दाङका वैकल्पिक सदस्य सुशील चौधरीको अध्यक्षता तथा मंगोल नेश्नल अर्गनाईजेसन प्रदेश सदस्य दिपा चौधरीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा प्रदेश सदस्य घनश्याम चौधरी, जिल्ला सदस्य जितन चौधरी, पहलमान आले, वसन्त पुनमगर लगाएले बोलेका थिए ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…