१ हजार मेगावाट बिजुली आयात-निर्यात गर्नसक्ने सबस्टेसन तयार

६ कात्तिक, काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा ४०० केभी ढल्केबर सबस्टेसन चार्ज भएको छ । तर, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन ४ सय केभीमा चार्ज हुन भने केही समय लाग्ने भएको छ ।

जीआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम सकेर परीक्षणका रुपमा चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले जानकारी दिए ।

मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि अब ढल्कबेर सबस्टेसन ठूलो हब बन्ने छ ।

योसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात-निर्यातका लागि पूर्वाधार तयार भएको छ । साथै ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने छ ।

सबस्टेसनमा रहने ट्रान्सर्फमहरको क्षमता ९४५ केभी छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युतलाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ ।

वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ । हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच ठूलो परिमाणमा विद्युत ब्यापार गर्न बाटो खुलेको छ ।

ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइन अहिले २२० केभीमा सञ्चालनमा छ । ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सञ्चालन हुने भनिएपनि भारततर्फकाए एउटा टावरको काम नसकिएकाले केही ढिला हुने भएको प्रवक्ता तिमिल्सनाले बताए ।

‘भारततर्फ विधानसभाको चुनावका कारण पनि ४ सय केभीमा लाइन चार्ज गर्न केही प्राविधिक काम बाँकी छन्,’ उनले भने,‘कात्तिकभरिमा चार्ज गर्ने योजनामा छन् ।’

माथिल्लो तामकोसीबाट पुसभित्रमा विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ । आयोजनाबाट उत्पादित विद्युतलाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ति हुँदै ढल्केबर ल्याइने छ । यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । खिम्ती–ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ ।

सबस्टेसनमा ३१५एमभीएका तीन वटा गरी ९४५एमभीए क्षमताको ट्रान्सर्फमर छन् । जसले करिब नौ सय मेगावाट विद्युतलाई सहजै प्रसारण गर्न सक्दछन् ।

नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब चार अर्ब रुपैयाँ लगानीमा बनेको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो । ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधियुक्त यो सबस्टेसन स्वचालित भएकोले काठमाडौको स्यूचाटारमा रहेको प्राधिकरणको भारप्रेषण केन्द्रबाटै सञ्चालन र अनुगमन गर्न सकिन्छ । यसले माग र आपूर्तिको सन्तुलन कायम गर्न वैज्ञानिक प्रणाली निर्माण भएको छ ।

करिब १९ विघा जमिनमा फैलिएको यो सबस्टेसनमा संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेश्रो र प्राधिकरणले खोटाङमा निर्माण गर्न लागेको ६३५ मेगावाट दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको प्रसारण लाइन पनि आएर जोडिने छ ।

४००÷२२० केभी सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी एबीबी लिमिटेडबीच १० फागुन २०७४मा ठेक्का सम्झौता भएको थियो । आयोजनाको परामर्शदाताको काम नेपाली कम्पनी एनईए इन्जिनियिरिङले गरेको थियो । नेपालको वाइबा इन्फ्राटेकले पनि आयोजनामा एबीबीसाग सहकार्य गरेको थियो ।

प्राधिकरणले २२०÷१३२ केभीको सबस्टेसन बनाउन सेन्ट्रल चाइनापावर ग्रिड (सिसिपिजी)सँग १२ जुन २०१४मा हेटौडा, ढल्केबर र इनरुवामा सबस्टेसन बनाउन ठेक्का सम्झौता गरेको थियो । तर, सन्तोषजक रुपमा काम नभएपछि सीसीपिजीसँगको ठेक्का २२ सेप्टेम्बर २०१७ मा तोड्न प्राधिकरण बाध्य भएको थियो । त्यसपछि ढल्केबर सबस्टेसनको बाँकी रहेको काम गराउन टेण्डर गरी जनबरी २०१८मा ठेक्का सम्झौता गरेको थियो ।

विश्व बैकको नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०÷१३२ केभीको सबस्टेसन निर्माण गरिएको थियो भने ४००÷२२० केभी नेपाल सरकारकै स्रोतबाट निर्माण गरिएको हो ।

आयोजना निर्माण सुरु भएको दुई वर्षमै सकिएकोमा प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…