कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध राख्ने गरी बेनी कालीगण्डकी जलविद्युत आयोजनाले ५०.५३ मेगावाट क्षमताको विद्युत आयोजना निर्माण प्रक्रियाका लागि आवश्यक चलखेल सुरु भएको हो।

विद्युत विकास विभागले आयोजनाको प्रस्तावित बाँधस्थलले धार्मिक महत्वको कालिगण्डकी नदीलाई सुकाएर निश्चित समुहलाई आर्थिक लाभ हुने विद्युत आयोजना सञ्चालनको प्रयासलाई म्याग्दीका सरोकारवाला निकायले अस्वीकार गरेका छन्।

विद्युत विकास विभागले नगरपालिकालाई आयोजनाको निर्माणका लागि सहमति दिन पत्राचार गरेपछि कालिगण्डकी नदीको पानीलाई सुरुङमार्फत पर्वतको जलजला गाउँपालिका–४ शेराफाँटमा खसाली विद्युत उत्पादनले कालिगण्डकीको धार्मिक, सभ्यता नै संकटमा पर्ने भन्दै आयोजना पक्षलाई प्रक्रिया नै स्थगित गर्न बेनी नगरपालिकाले समेत गरेका छन्।

कुनैपनि हालतमा आयोजनालाई प्रक्रियामा जान नदिने निर्णय गरेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताए। कसैको स्वार्थमा आयोजना बन्न दिन्नौ, ‘कालिगण्डकी आसपासमा जलविद्युत आयोजनाको आवश्यकता छैन’, श्रेष्ठले भने। उनले आयोजना पक्षले अटेर गरेमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले समेत आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए।

कालीगण्डकीमार्फत धार्मिक, सांस्कृति, पर्यटकीय विकासको प्रचुर सम्भावना सदुपयोग गर्दै समृद्धिको बाटोमा हिँड्ने र यसको महत्वलाई पनि बचाइराख्न आवश्यक सबै शक्ति प्रयोग गर्ने चेतावनी समेत जनप्रतिनिधिले दिएका छन्। आयोजना पक्षको माग अनुसार नगरपालिकाले जिल्लाका सरोकारवालाहरुबाट सुझाब संकलनको क्रममा कालिगण्डकी नदी, बेनीबजार र पर्वतबेनीको भविष्यलाई नै खतरामा पार्ने गरी आयोजनाको प्रक्रिया अगाडी बढाउन नहुने भन्दै बेनी माथिको क्षेत्रमा बाँधस्थल परिवर्तनलाई समेत स्वीकार गर्न नसकिने अवस्था रहेको बताएका थिए।

भेलाले आयोजनाको बाँध राहुघाट जलविद्युत आयोजनाको आउटलेट भन्दा माथि तिल्केनीमा राख्ने र कालिगण्डकीको २० प्रतिशत र रघुगंगाको सतप्रतिशत पानीलाई छाडेर मात्रै विद्युत उत्पादन गर्ने सर्तलाईसमेत अस्वीकार गरेपछि सोही निर्णयमा टेकेर बेनी नगरकार्यपालिकाको बैठकले नेपाल सरकार उर्जा मन्त्रालय, विद्युत विकास विभाग लगायतका सरोकारवाला निकायलाईसमेत दसैंलगतत्तै पत्र लेख्ने तयारीसमेत गरिएको प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताए।

भेलामा सहभागीहरुले रघुगंगा र कालीगण्डकी नदीको दोभानदेखि तल र बेनी बजारदेखि माथि बाँध राखेर विद्युत उत्पादन गरेमा यसले बेनी, पर्वतको बगरफाँट, वारीवेनी लगायतका क्षेत्रको जनजिवनलाई प्रत्येक्ष प्रभाव पार्ने प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाले बताए।

‘कालीगण्डकी एक नदीमात्र नभएर सभ्यता पनि हो,‘ कालीगण्डकी उस्तै हिसाबले बग्न दिनुपर्छ भन्ने सबैको राय छ’, सांसद थापाले भने। नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, राप्रपा नेपालका अध्यक्ष विरबहादुर थापा, नागरिक समाजका संयोजक सुदर्शनकुमार श्रेष्ठले कालीगण्डकी नदीको वहाव परिवर्तन भए कालीगण्डकीसँग जोडिएका क्षेत्रमात्रै होइन, देशकै धर्म र आस्थामाथिको प्रहार हुने भएकाले स्थानीयको चाहना र भावना अनुसार बाँधलाई माथि सारेर वातावरणीय क्षति कम हुने सुनिश्चित गरेर मात्रै आयोजनालाई सहमती दिनुपर्नेमा जोड दिए।

कालीगण्डकी नदी सुकाउँदा तापक्रम वृद्धि हुने र बजार क्षेत्रमा प्रदुषण बढ्ने खतरा भएकाले जवरजस्ती काम भए संघर्ष समिति बनाएर समेत रोक्ने चेतावनी दिएपछि आयोजना पक्ष समेतले समेत थप छलफलको हुने भन्दै तत्काल पछाडी हटेको स्रोतले जनाएको छ।

गलेश्वर मन्दिर भन्दा १.२ किलोमिटर तल बेनपा ८ र जलजला गाउँपालिका २ को सिमानामा बाँध निर्माण गरि तीन हजार ५३७ मिटर लामो सुरुङबाट पानी लगेर जलजला ४ मा पर्ने शेराफाँटमा रहने विद्युतगृहमा खसालेर विद्युत निकाल्ने गरि विभागले आयोजनाको प्रस्ताब गरेको छ।

रन अफ द रिभर प्रकृतिको यस आयोजनाका लागि तीन मिटर अग्लो र ९० मिटर लम्बाईको बाँध रहने प्रस्तावित यस आयोजनाको ग्रस हेड ९४.८३ मिटर अग्लो छ। आठ अर्व २० करोड सात लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदनको स्विकृतिको लागि प्रभावित क्षेत्रका स्थानीय तहहरुबाट विभागले सहमती खोजेपछि आयोजनाको मोडालिटी सार्वजनिक भएको थियो।

यता वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ मा विद्युतको ड्याम रहेको क्षेत्रबाट तल्लो क्षेत्रमा निकुञ्ज, संरक्षित क्षेत्र, घाट रहेमा २५ प्रतिशत पानी नदीमा नियमित बग्न दिनुपर्ने र अन्य साधारण क्षेत्रहरूमा भने १० प्रतिशत पानी अनिवार्य नदीमा नियमित बग्न दिने व्यवस्था भएपनि कालिगण्डकी नदीको हकमा त्यो सम्भव नभएको प्राविधिक पक्षको भनाई छ। कालीगण्डकी अथवा गण्डकी नदी नेपालको दोस्रो ठूलो तथा संसारको सबै भन्दा गहिरो गल्छी बनाएर बग्ने नदी हो।

कालीगण्डकीको नदी तिब्बतमा उत्तरपत्ती भएर मुस्ताङ, म्याग्दी, पर्वत हुदै बग्छ। मुस्ताङको कागबेनी भन्ने स्थानमा मुक्तिनाथ मन्दिरमा उत्पत्ती हुने कागखोला र मुस्ताङ खोला मिसिन्छन् र त्यसपछि उक्त नदीलाई कालीगण्डकी भनिन्छ। त्यसपछि काली गण्डकी पूर्व तर्फ मोडिन्छ जुन देबघाटमा गएर सेती नदी तथा त्रिशुली नदी सँग मिसिएर दक्षिण तर्फ बहने गरेको छ।

भर्खरै प्रकाशित

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’

१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका…

चिनियाँ राष्ट्रपतिपछि उच्चस्तरको भ्रमण हुँदै, रक्षामन्त्री वेई फेङ्हे आज नेपाल…

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उनी…

विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन : दिपेन्द…

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको…

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित चुनावी मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा…

इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको…

काठमाडौँ — इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको ह’त्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको ह’त्या भएको जानकारी…