अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ ।

सरकारी टेलिभिजन सीसीटीभीले सोमवार जारी गरेको भिडियोमा चिनियाँ अधिकारीले खासै नबुझिने अंग्रेजीमा बोलेको र उनलाई शत्रुको यु’द्धवि’मानले नजिकैबाट पछ्याएको सुनिन्छ ।

चीनको हवाईक्षेत्र तथा ताइवान जलसन्धि नजिकको विवादास्पद क्षेत्रमा बाक्लै गरी आइरहेका अमेरिकी विमानहरूलाई जवाफ दिनका लागि यो भिडियो क्लिप चीनले सार्वजनिक गरेको विश्वास गरिएको छ ।

अमेरिका र ताइवानसँग सम्बन्ध चिसिँदै जाँदा चीनको प्रोपागान्डा सं’यन्त्रले आफ्नो सैन्य क्षमताको फुइँ लगाउने गरेको छ र अन्य मुलुकहरूलाई चेतावनी दिने गरेको छ ।

ताइवानमा सन् २०१६ मा त्साई इङ–वेन राष्ट्रपति बनेदेखि बेइजिङले कूटनीतिक र सैन्य दबाब बढाउँदै लगेको अवसरमा यो नयाँ भिडियो सार्वजनिक गरेको हो ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको शासनकालमा वाशिङटनले ताइवानसँग निकटता बढाउँदै लगेको सन्दर्भले पनि बेइजिङसँगको द्व’न्द्व चर्किएको छ ।

भर्खरै प्रकाशित

यस कारण प्रेम चोपडालाई देख्नेबित्तिकै मानिसहरु श्रीमती लुकाउँथे

प्रेम चोपडाको गन्ती बलिउडका ती कुख्यात भिलेनमध्ये हुन्थ्यो, जसलाई दर्शकले वास्तवमा नै डाँका ठान्ने गर्दथे । ८६ वर्ष पुगिसकेका प्रेम चोपडाले एक अन्तरवार्ताका बेला उनलाई…

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…