भारतको गुप्तचर संस्थाको रिपोर्ट – नेपालको सात जिल्लामा चीनले सीमा मिच्यो

भारतको गुप्तचर संस्थाले केन्द्र सरकारलाई चीनसँग सीमा जोडिएका नेपालका सात जिल्लामा सीमा अतिक्रमण भएको रिपोर्ट प्रस्तुत गरेको छ । भारतीय मिडियामा प्रकाशित समाचारमा गुप्तचर संस्थाले चीनले नेपालतर्फ १५ सय मिटरसम्म अन्तर्राष्ट्रिय सीमालाई बढाएको दाबी गरेका छन् ।

नेपालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चिनियाँ कम्युनिस्ट पार्टीको बचाऊ गर्ने भएकाले स्थिति अझै बिग्रन सक्ने बताइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

मिडिया रिपोर्टमा नेपालको सर्भे डिपार्टमेन्टको रिपोर्टबारे पनि उल्लेख गरिएको बताइएको छ जसमा चीनले नेपालको जमिन हत्याएको कुरा उल्लेख गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस रिपोर्टलाई नजरअन्दाज गरेको पनि दाबी गरिएको छ ।

यद्यपि, कथितरुपमा गरिएको कृषि मन्त्रालयले जारी गरिएको भनिएको उक्त सर्वेक्षण फेक थियो भनेर यसअघि नै प्रमाणित भइसकेको छ ।

हालै मात्र कृषि मन्त्रालयले एक रिपोर्ट जारी गरेको र नेपालका ७ जिल्लामा सीमा अतिक्रमण भएको समाचार प्रकाशित भएको थियो । यो सामाचार गलत भएको पुष्टि भइसकेको छ । यही रिपोर्ट कै आधारमा गुप्चार संस्थाहरुले आफ्नो रिपोर्ट तयार गरेका हुन् या होइनन् भन्ने समाचारमा खुलाइएको छैन ।

भारतीय मिडियाले गुप्तचर एजेन्सीको हवाला दिँदै नेपालको दोलखा, गोरखा, दारचुला, हुम्ला, सिन्धुपाल्चोक, रसुवा र संखुवासभामा सीमा अतिक्रमण भएको दाबी गरिएको छ । नेपालले चीनसँस सीमाबारे वार्ता गर्न आनाकानी गरिरहेको रिपोर्टमा भनिएको छ ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…