दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम दसैंमा पनि नरोकिने भएको छ ।

कोरोना महामारीपछि देशव्यापी लकडाउनका बाबजुद रंगशाला निर्माण कार्य जारी राखेको फाउन्डेसनले दसैंमा कामदारकै चाहनाअनुसार काम जारी राख्न लागिएको फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेलले जानकारी दिए ।

‘वैशाखको २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेका हौं । साउनदेखि करिब २ सय जना र अहिले २ सय ३३ जना मजदुर कार्यरत छन्,’ अध्यक्ष कट्टेलले भने, ‘अहिलेको परिस्थिति र निर्माणकार्यको अवस्थालाई मध्यनजर राख्दै सबैसँग प्रतिक्रिया माग्दा धेरैजसोले रंगशाला उभ्याएर मात्रै घर जाने र आफूहरूका लागि यही नै चाडपर्व भएको बताएपछि काम सञ्चालन गर्न लागिएको हो ।’ रंगशालामा काम गर्ने सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीं दसैं मनाउने धुर्मुसले बताए ।

गत वर्षको मंसिर १ देखि मुख्य रंगशाला निर्माणको काम सुरु भएको हो । सुरुआतमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिलरको फाउन्डेसन तयार गर्न फागुनसम्मको समय लाग्यो ।

चैत महिना लकडाउनका कारण काम सञ्चालन हुन नसके पनि वैशाखयता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।

रंगशालाको ३ सय ६० वटा पिलरमध्ये २ सय वटा पिलर ठड्याइसकिएको छ । स्टान्ड ए मा सबै पिलर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बिमा ६५ वटा पिलर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।

परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै टाइबिमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामग्रीहरूको अभाव, कामदारहरूको समस्या, बर्खा र निरन्तरको झरीका बावजुत पनि रंगशालाको काम अघि बढाइएको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए ।

‘कोरोना भाइरसका कारण देखाउँदै धेरैजसो विकास आयोजनाहरूको काम प्रभावित भएका छन्, तर यो राष्ट्रिय गौरवको परियोजनामा भने निरन्तर काम भइरहेको छ,’ कट्टेलले भने ।

२०७५ साल माघ १६ गते राष्ट्रिय सभागृहमा बृहत् घोषणासभा आयोजना गरी रंगशाला निर्माण अभियान सुरु गरिएको हो । रंगशाला निर्माणको सामाजिक अभियानमा जोडिएर बोलकबोल भएका रकमहरू समयमै उठेको भए रंगशाला निर्माणको कार्यप्रगति अझै धेरै हुन सक्थ्यो । तर काम भएको दिनको गणना गर्ने हो भने पनि धेरै प्रगति भएको कट्टेलले जानकारी दिए ।

रंगशाला निर्माणमा अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रुपैयाँको आर्थिक स्रोत जुटेको छ । निर्माणमा असोज मसान्तसम्म ३० करोड ५५ लाख १२ हजार रुपैयाँ खर्च भएको फाउन्डेसनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाले जानकारी दिए ।

यसो हुँदा फाउन्डेसन अझै ६ करोड ४० लाख ५२ हजार रुपैयाँ ऋणमा छ । सरकारी तवरबाट रंगशालालाई वाग्मती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट २ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ ।

अन्य केही स्थानीय तहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन् । रंगशाला निर्माणमा खर्च भएको ठूलो हिस्सा जनस्तरबाट प्राप्त सहयोग नै रहेको फाउन्डेसनले जनाएको छ । रंगशालाका लागि गएको माघमा लगाइएको बृहत् धनधान्याचल महोत्सवबाट ८ करोड ४६ लाख ३० हजार नगद संकलन भएर काम अघि बढेको थियो ।

भर्खरै प्रकाशित

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’

१३ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका…

चिनियाँ राष्ट्रपतिपछि उच्चस्तरको भ्रमण हुँदै, रक्षामन्त्री वेई फेङ्हे आज नेपाल…

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल भ्रमणमा आउँदैछन् । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरको भ्रमण हो । उनी…

विश्वको कुनै पनि शक्तिले प्रचण्डलाई कारबाही गर्न सक्दैन : दिपेन्द…

हेग भनेको एउटा सहरको नाम हो । जहाँ अन्तर्राष्ट्रिय अदालत छ । पछिल्लो केही समययता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लैजाने भन्ने विषयमा चर्चा भइरहेको…

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित चुनावी मैदानमा उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा…

इरानका शीर्ष परमाणु वैज्ञानिकको ह’त्या – इजरायलको हात रहेको इरानको…

काठमाडौँ — इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको ह’त्या भएको छ । इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको ह’त्या भएको जानकारी…