रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ।

बिहीबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर समाचार लेख्नु भ्रम भएको बताएका हुन्।

सापकोटाले मिडियाले यस्तो संवेदनशील विषयमा गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। उनले यस्ता भ्रम र कपोकल्पित समाचारका पछाडि नलाग्न आग्रहसमेत गरेका छन्।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु।’

 

भर्खरै प्रकाशित

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री…

केपी ओली भन्दा काँग्रेस धेरै वामपन्थी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली भन्दा अहिले काँग्रेस वामपन्थी भएको बताएका छन् । बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले गठबन्धन बनाएर…