चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीमा कु’टाकुट

काठमाडौं । चीन र ताइवानको बीचमा अहिले तनाव बढिरहेको अवस्थामा फिजीमा भने यी दुई मुलुकका कूटनीतिज्ञबीच कु’टाकुट भएको समाचार सार्वजनिक भएको छ ।

ताइवानका अनुसार अक्टोबर ८ मा फिजीमा ताइवानको व्यापार कार्यालयले ताइवानको राष्ट्रिय दिवसको अवसरमा एक होटलमा करिब एक सय पाहुनाहरुको लागि एक रिसेप्सन पार्टी आयोजना गरेको थियो । यो कार्यालयलाई फिजीमा ताइवानको दूतावासजस्तै मानिन्छ ।

ताइवानले कार्यक्रममा चिनियाँ दूतावासका दुई अधिकारी नबोलाइकन नै उक्त कार्यक्रममा गएको आरोप लगाएको छ । उक्त कार्यक्रममा पुगेका चिनियाँ अधिकारीले मानिसहरुको तस्वीर खिच्न र अतिथिहरुको बारेमा जानकारी संकलन गर्न थालेको ताइवानको दाबी छ ।

त्यसपछि ताइवानका अधिकारीहरुले उनीहरुलाई कार्यक्रमबाट बाहिर जान आग्रह गर्दा उनीहरु आ’क्रमणमा उत्रिएको र यो घ’टनामा आफ्ना कूटनीतिज्ञको टाउकोमा चो’ट लागेको ताइवानले बताएको छ । दुवै पक्षले उक्त झ’डपको क्रममा आफ्ना अधिकारीहरु घा’इते भएको बताएका छन् । दुवैले फिजीको प्रहरीसँग घ’टनाको अनुसन्धानको माग गरेका छन् ।

चीनले भने ताइवानको दाबी गलत रहेको बताएको छ । ताइवानले यो कार्यक्रम होटलमा नभई एक सार्वजनिक स्थलमा गरेको र आफ्ना अधिकारीहरु ड्युटीमा रहेको बताएको छ । ताइवानका अधिकारीले आफ्ना अधिकारीहरुलाई भड्काउने काम गरेको र उनीहरुलाई आ’क्रमण गरी घाइते बनाएको आरोप लगाएको छ ।

चीनले ताइवानलाई आफ्नो हिस्सा मान्दै आएको छ । तर, फिजीमा ताइवानले आफ्नै झण्डाको प्रयोग गरेको र आफ्नै झण्डाअंकित केक तयार पारिएको भन्दै यो कार्य गलत रहेको चीनको बुझाइ छ ।

पछिल्लो समय चीन र ताइवानको सम्बन्ध थप चिसिएको छ । चीनको अमेरिकासँगको तनावपूर्ण सम्बन्धले चीन ताइवानप्रति थप आ’क्रामक बनेको छ । स्रोत : बीबीसी / तस्विर : प्रतिनिधात्मक (गुगल)

भर्खरै प्रकाशित

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…