चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित पाइयो

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल परीक्षणको प्रारम्भिक नतिजाअनुसार सिनोभ्याकको उक्त खोप कोरोनाविरुद्ध प्रभावकारी पनि देखिएको छ ।

सिनोभ्याक अन्तिम चरणको क्लिनिकल परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने पहिलो कम्पनी हो । ब्राजिलमा सिनोभ्याकको खोपको परीक्षण गरिरहेको साओ पाउलोको बुटानटान इन्स्टिच्युटकाअनुसार क्लिनिकल परीक्षणको तेस्रो चरणमा नौ हजार स्वयंसेवकमा गरिएको परीक्षणमा यो खोप सुरक्षित देखिएको छ । उनीहरुलाई खोपको दुई डोज दिइएको थियो ।

बुटानटानका निर्देशन डिमास कोभासले यो खोप कत्तिको प्रभावकारी छ भन्ने डेटा भने १५ हजार मानिसमा गरिएको विस्तारित परीक्षणपछि सार्वजनिक गरिने बताएका छन् ।

साओ पाउलोका स्वास्थ्य सेक्रेटरी जिन गोरिन्चटेइनले सिनोभ्याकको खोपले मानिसमा एन्टिबडी विकास भएको देखिएको बताएका छन् । उनले यो खोपले यस वर्षको अन्तिमसम्ममा नियामकहरुबाट अनुमति पाउने र सन् २०२१ को सुरुबाट मानिसहरुलाई यो खोप दिन सुरु गरिने विश्वास व्यक्त गरे ।

अहिले खोप निर्माणको क्रममा रहेको अन्य कम्पनीहरुमा अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको खोपको पनि अन्तिम चरणको परीक्षणको नतिजा केही समयमा नै सार्वजनिक हुन सक्ने बताइएको छ ।

अमेरिकी कम्पनी मोडर्नाले नोभेम्बरमा अन्तिम चरणको परीक्षणको नतिजा सार्वजनिक हुने बताएको छ । रुसको गामालेया इन्स्टिच्युटले पनि आगामी महिना आफ्नो खोपको अन्तिम चरणको परीक्षणको नतिजा सार्वजनिक गर्ने अपेक्षा छ ।

भर्खरै प्रकाशित

एमालेको तेस्रो धारका नेताहरु आक्रोशित : १० बुँदे सहमति कार्यान्वयन…

काठमाडौं । एमाले एकतागर्न अघि बढाइएको १० बुँदे प्रस्ताव कार्यान्वयन नभएपछि एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रीय सदस्यहरु आक्रोशित बनेका छन् । शुक्रबारबाट सुरु भएको…

यस कारण प्रेम चोपडालाई देख्नेबित्तिकै मानिसहरु श्रीमती लुकाउँथे

प्रेम चोपडाको गन्ती बलिउडका ती कुख्यात भिलेनमध्ये हुन्थ्यो, जसलाई दर्शकले वास्तवमा नै डाँका ठान्ने गर्दथे । ८६ वर्ष पुगिसकेका प्रेम चोपडाले एक अन्तरवार्ताका बेला उनलाई…

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन…

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…