भारतको गोप्य सेनामा काम गर्ने तिब्बती सैनिक

घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ । छेउको कोठामा प्राथना जारी छ जसमा घरका सदस्य, आफन्त र बौद्ध भिक्षुहरु मन्त्रको जाप गरिरहेका छन् ।

केही दिनअघि मात्र ५१ वर्षीय निमा तेन्जिङ लद्दाखको पैंगोङ त्सो तालको क्षेत्रमा एक बारुदी सुरुङ विस्फोटमा मारिएका थिए । लद्दाखको यो क्षेत्रमा भारत र चीनका सेना केही महिनादेखि आमनेसामने छन् । भारतीय सेनाको स्रोतका अनुसार तेन्जिङ जुन बारुदी सुरुङको विस्फोटमा मारिएका थिए, त्यो सन् १९६२ मा भएको भारत–चीन युद्धका दौरान बिछाइएको थियो ।

उक्त दिनलाई सम्झदै तेन्जिङका भाइ नामदाख भन्छन्, ‘३० अगस्तको राति करिब १० बजे मलाई फोन आयो कि निमा घाइते भएका छन् । उनीहरुले मलाई उनको मृ’त्यु भएको भएनन् । पछि एक जना साथीले मलाई यसबारे जानकारी दिएका थिए ।’

तेन्जिङको परिवारको अनुसार उनी स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) का सदस्य थिए । रपोर्टका अनुसार यस ‘गुप्त बल’ मा करिब ३५ सय सैनिक तैनाथ छन् जसमा धेरै तिब्बती शरणार्थी छन् । तेन्जिङको परिवार अनुसार उनी पनि शरणार्थी नै थिए र उनले भारतीय सेनामा तीन दशकसम्म सेवा गरेका थिए ।

एसएफएफबारे धेरै जानकारी सार्वजनिक रुपमा प्राप्त छैन । भारतीय सेनाले यसको अस्तित्व सार्वजनिक रुपमा कहिल्यै पनि स्वीकार गरेको छैन । तर, यो यस्तो रहस्य हो जसलाई सेना र विदेश नीतिसँग जोडिएका विशेषज्ञ र लद्दाखबाट रिपोर्टिङ गर्ने अधिकांश पत्रकारलाई थाहा छ ।

यद्यपि, अगस्तको अन्तिम दिन भारत र चीनबीच बढ्दो तनावका बीच तेन्जिङको मृ’त्युलाई सार्वजनिकरुपमा स्वीकार गरियो । तिब्बती मूलका मानिसहरुको भूमिकाबारे भारतीय सेनामा खुलेर कुरा भएको यो पहिलो अवसर थियो ।

तेन्जिङलाई पूरा सैन्य सम्मानका साथ अन्तिम बिदाइ गरिँदै २१ बन्दुकको सलामी दिइयो । साथै, लेहमा तिब्बती समुदाय र स्थानीयले उनको अन्तिम संस्करमा खुलेर भाग लिए ।

एसएफएफ गठनको कथा

भाजपाका वरिष्ठ नेता राम माधव पनि अन्तिम विदाइमा सामेल भए र उनको पार्थिव शरीरमा फूलमाला चढाए । उनको पार्थिव शरीर राखिएको बाकसमा भारतको तिरङ्गाको साथै तिब्बतको झण्डा पनि राखिएको थियो ।

राम माधवले तेन्जिङलाई एफएफएफको सदस्य बताउँदै ट्वीट गरेर भारतीय सीमाको रक्षा गर्दा शहादत प्राप्त भएको जिकिर गरे । पछि उनले उक्त ट्वीट डिलिट गरेका थिए । उनले उक्त ट्वीटमा भारत–चीन सीमाको साटो भारत–तिब्बत सीमा पनि लेखेका थिए ।

यद्यपि, भारत सरकार र सेनाले तेन्जिङबारे कुनै आधिकारिक बयान जारी गरेन । भारतीय मिडियामा भने यसबारे खुब चर्चा भयो र यो चीनका लागि कडा सन्देश पनि भएको बताइयो ।

नामदाख तेन्जिङ भन्छन्, ‘अहिलेसम्म यो गोप्य थियो, तर अब यसलाई स्वीकार गरिएको छ । म निकै खुसी छु । जसले सेवा गर्छ उसको नाम हुनुपर्छ र उनीहरुको समर्थन पनि गर्नुपर्छ ।’

‘हामीले सन् १९७१ मा लडाइँ लड्यौँ, तर त्यसलाई गोप्य रखियो । फेरि सन् १९९९ मा कारगिलमा पाकिस्तानविरुद्ध लडाइँमा भाग लियौँ, त्यसलाई पनि गोप्य राखियो । तर, पहिलो पटक हाम्रो अस्तित्वलाई स्वीकार गरिएको छ ।’

विज्ञका अनुसार सन् १९६२ मा भारत–चीन युद्धपछि एसएफएफको गठन गरिएको थियो । तिब्बती पत्रकार तथा चलचित्र निर्माता कलसाङ रिनचेन भन्छन्, ‘यसको उद्देश्य भागेर भारत आएका तिब्बती जनतालाई सेनामा सामिल गर्नु थियो । उनीहरुसँग उचाइँमा गुरिल्ला युद्ध लड्ने अनुभव थियो भने सन् १९६० को दशकसम्म चीनसँग लड्ने तिब्बतको गुरिल्ला बल चूशी गैन्डरुकका सदस्य थिए ।’ रिनचेनले एसएफएका पूर्व लडाकुहरुसँग लामो साक्षात्कार गरेका थिए ।

सन् १९५९ मा चीनविरुद्ध भएको विद्रोह असफल भएपछि १४ औँ दलाई लामा तिब्बतबाट भागेर भारत आएका थिए । उनले भारतमा नै तिब्बतको निर्वासित सरकार गठन गरेका थिए । उनीसँगै दसौँ हजार तिब्बती पनि भारत आएका थिए । र, यहाँ शरण लिएका थिए ।

अमेरिकाको प्रशिक्षण

भारतले दलाई लामा र उनको साथ आएका तिब्बतीहरुको समर्थन गरेपछि दुई देशबीच तनाब बढेको थियो । सन् १९६२ मा भारत चीनसँग लज्जास्पदरुपमा पराजित भएपछि तनाव झन् बढेको थियो ।

भनिन्छ, भारतको गुप्तचर विभागका तत्कालिन प्रमुख बीएन मलिकले सीआईएको मद्दत लिएर एसएफएपm गठन गरेका थिए । यसमा अमेरिकाले कति सहयोग गर्यो भन्नेमा विवाद छ । यो भारतको आफ्नो अभियान भए पनि अमेरिकाको समर्थन भने पक्कै थियो । केही स्रोतका अनुसार भने अमेरिकाको स्पेसल फोर्सले १२ हजार तिब्बतीलाई प्रशिक्षण पनि दिएको थियो । यसको फन्डिङ पर्ने अमेरिकाले नै गरेको थियो ।

सन् १९६२ मा एसएफएफसँग जोडिएका तिब्बती शरणार्थी जाङ्पा भन्छन्, ‘प्रशिक्षण दिने अधिकांश अमेरिकी थिए । सीआईएका एक व्यक्ति टुटेफुटकेको अङ्ग्रेजी बोल्थे । पछि चार जनाले हामीलाई प्रशिक्षण थिए ।

यसबलको शुरुवातमा मात्र तिब्बतीहरुलाई सामेल गरिएको थियो । पछि अन्यलाई पनि स्थान दिइयो । जानकारहरुका अनुसार यो बलले सिधै क्याबिनेटमा रिपोर्ट गर्दछ र भारतीय सेनाका उच्च अधिकारीहरुको कमान्डमा रह्न्छ ।

‘यसको मूल उद्देश्य भनेको चीनविरुद्ध लड्न र गोप्य जानकारी हासिल गर्न हो । उता, चीनले भने यसबारे आफूहलाई जानकारी नरहेको बताएको छ ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…