अब कोरोना सं’क्रमितले अग्रिम पैसा जम्मा गरेपछि मात्रै क्यान्टिनमा खाना पाइन्छ : सिभिल अस्पताल

काठमाडौं । सिभिल अस्पतालमा कोरोना सं’क्रमितले नगद जम्मा गरेपछि खाना खान पाउने भएका छन्। अस्पताल प्रशासनले जारी गरेको सूचना अनुसार सं’क्रमितले क्यान्टिनमा अग्रिम नगद जम्मा गरेपछि मात्र खाना पाउने भएका हुन्।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार कोरोना सङ्क्रमण भई उपचारत बिरामीहरुले कार्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामीले स्वयंले व्यहोर्नुपर्ने जानकारी गराइन्छ’ जारी सूचनामा भनिएको छ, ‘साथै खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने जानकारी गराइन्छ।’

सरकारले कार्तिक दुई गते सङ्क्रमितको उपचार सङ्क्रमित आफैले तिर्नुपर्ने निर्णय गरेको थियो।

उपत्यकामा एकैदिन थपिए २ हजार ३८८ कोरोना सं’क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ३८८ जना कोरोना भाइरस (कोभिड-१९) सं’क्रमित थपिएका छन्। काठमाडौंमा २००८ , ललितपुरमा ९९ र भक्तपुरमा २८१ गरी २ हजार ३८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) सं’क्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका २ हजार ३८८ सहित ३ हजार ७९० जनामा संक्रमण देखिएसँगै सं’क्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

४० हजार ७७८ कोरोनाका सक्रिय सं’क्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

आइसीयूमा २८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७५७ जनाको मृ’त्यु भएको छ। सोमबार मात्रै १८ जनाको मृ’त्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…