भारत–चीन सीमा विवाद : भारतीय सेनाद्वारा लद्दाखमा एक चिनियाँ सैनिकलाई प’क्राउ

काठमाण्डाै । पूर्वी लद्दाखको डेकचक क्षेत्रमा भारतले एक चिनियाँ सैनिकलाई हि’रासतमा लिएको बीबीसीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गर्दै भारततर्फ आइरहेका थिए ।

भारतीय सेनाका अनुसार प’क्राउ परेका सैनिक वाङ या लोङलाई सबै किसिमको मेडिकल सुविधा, अक्सिजन, खाना र न्यानो कपडा दिइएको छ । अत्यधिक चिसोबाट बचाउन चिनियाँ सैनिकलाई यो सुविधा दिइएको बताइएको छ ।

प’क्राउ परेका सैनिक चिनियाँ सेनाका नायक भएको बताइएको छ । ती सैनिक भुलवश एलएसीमा प्रवेश गरेको हुन सक्ने भारतीय सेनाले जनाएको छ ।

भारतीय सेनाका अनुसार, चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले भारतसँग प’क्राउ परेका आफ्नो सैनिकको बारेमा जानकारी मागेको थियो । अब प्रोटोकलको पालना गर्दै ती सैनिक चीनलाई सुम्पिने भारतीय सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

गएको मे महिनायता भारत र चीन सेनाबीच सीमामा तनाव भइरहेको छ । यस क्रममा दुई सेनाबीच झडप पनि भएको थियो । गएको १५ जुन महिनामा लद्दाखको गलवान उपत्यकामा चिनियाँ से’ना’सँगको झ’डप’मा भारतका २० सै’निकको ज्या’न गएको थियो ।

समस्या समाधानका लागि दुवै पक्षबीच वार्ता भइरहे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन् ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…