आइतबारदेखि सरकारी अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने

काठमाण्डाै – सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आर्थिक रुपले विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्नेहरु, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क गर्ने तर उनीहरुले बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने पनि मन्त्रालयले जनाएको छ ।

यस्तै सरकारले कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि सबै कोभिड अस्पताल तथा कोरोनाको उपचार गर्ने सूचीकृत अस्पतालको फार्मेसीबाट किन्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

यसैगरी यसअघि निजी तथा सामुदायिक अस्पतालले ५० प्रतिशत र मेडिकल कलेजले ३३ प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्याउनुपर्ने व्यवस्था रहेकोमा अब सबै अस्पतालले ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितको उपचारको लागि छुट्ट्याउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै यसअघि लक्षण हराएका सङ्क्रमितको १० दिनमा पीसीआर परीक्षण गरेर वा १४ दिनमा त्यत्तिकै डिस्चार्ज गर्ने गरेकोमा अब लक्षण हराएका सङ्क्रमितहरुलाई सङ्क्रमण पुष्टि भएको १० औँ दिनमा डिस्चार्ज गर्ने भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यसरी डिस्चार्ज भएकाहरु सात दिन अनिवार्य होम आइसोलेशनमा बस्नुपर्ने उहाँले बताउनुभयो ।

भर्खरै प्रकाशित

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…