भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमण सफल बनाउने तयारी, नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने

काठमाडौं । यही कार्तिकमा नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणेको भ्रमण सफल बनाउनेगरि नेपाल सरकारले तयारी गरेको छ ।

हिजोमात्रै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । ओलीले अहिले रक्षा मन्त्रालयको पनि नेतृत्व गरिरहेका छन् ।

यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ल्याएर ओलीले रक्षा मन्त्रालय राखेका छन् । प्रधानसेनापति थापाले भारतीय सेनाअध्यक्ष नरवाणेको नेपाल भ्रमणमा केन्द्रित रहेर हिजो छलफल गरेको बुझिएको छ ।

नेपाल-भारत द्धिपक्षीय सम्बन्ध सिमा विवाद कारण चिसिएको बेलामा भारतीय स्थलसेनाध्यक्ष नेपाल भ्रमणमा आउनु सुखद पक्ष हो । गत अगष्ट १५ तारिखका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोनमा वार्ता गरेका थिए । त्यसपछि दुई देशका प्रधानमन्त्रीबीच सम्वाद हुन सकेको छैन् ।

भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमण पूर्व निर्धारित भ्रमण नै हो । तर, दुवै देशमा भएको बन्दाबन्दीका कारण उनको नेपाल भ्रमण स्थगित भएको थियो ।

भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई सोहीक्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्ले गत माघ २० गते नै निर्णय गरेको जानकारी दिइएको छ ।

 

भर्खरै प्रकाशित

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…