चीन र भारतको सम्बन्धमा उथलपुथल आयो : जयशंकर

भारतले चीन र आफूबीचको निकै नराम्रोसँग बिग्रिएको बताएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले सीमा क्षेत्र पू’र्वी लद्दाखमा दुई देशका सेनाबीच हिं’स्रक झ’ड’प भएयता आ’प’सी सम्बन्धमा उथलपुथल आएको बताएका हुन्।

भारतको अंग्रेजी अखबबार इन्डियन एक्सप्रेसका अनुसार विदेशमन्त्री जयशंकरले शुक्रबार विशेष साक्षात्कारमा भनेका छन्, ‘पूर्वी लद्दाखमा भइरहेको विवादले निकै गहिरो सार्वजिनक र राजनीतिक प्रभाव पारेको छ र यसले दुई देशको सम्बन्धमा गम्भीर अवस्था सिर्जना गरेको छ।’

एसिया सोसाइटीद्वारा आयोजित डिजिटल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत जुन १५ मा लद्दाखस्थित गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको झडपयता भारत–चीन सम्बन्ध बिग्रिएको बताएका हुन्।

उक्त झडपमा भारतका २० सैनिक मा’रि’एका थिए भने चीनतर्फ कति मा’रिए वा मा’रि’एनन् अहिलेसम्म आधिकारिक जानकारी दिइएको छैन। त्यसपछि दुई देशका सेनाबीच कैयौं पटक वार्ता भए तर सीमा विवाद समाधान भएको छैन।

त्यसयता पनि दुई देशका सेनाबीच पूर्वी लद्दाखमा फा’य’रिङ भएका छन्।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…