प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन : भूमिगत समूह सक्रिय हुन थाले, निस्तेज पार्नुहोस्

काठमाडौं‌। भूमिगत समूह सक्रिय हुन थालेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। ६५ औं प्रहरी दिवशको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा बाधा पैदा गर्ने कोशिस गरिरहेको बताएका हुन्।

यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीलाई सूचना संकलन, विश्लेषण र फिल्ड अप्रेसनमा कतै पनि सम्झौता नगर्न गृहमन्त्री थापाले निर्देशन दिए।

‘अपराध र अपराधीको विषयमा मभन्दा यहाँहरु नै धेरै जानकार र व्यवसायिक हुनुहुन्छ। तसर्थ अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नुस्, यहाँहरुलाई मन्त्रालयबाट उचित समन्वय र सहयोग उपलब्ध गराइने वचन दिन चाहन्छु’, गृहमन्त्री थापाले भने।

नेपाल प्रहरीका हजारौं राम्रा कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने त्रुटीलाई मात्रै प्रचार प्रसार गरिएको गुनासो गर्दै गृहमन्त्री बादलले प्रहरीलाई तेजबधभन्दा पनि रचनात्मक सुझाव र पृष्ठपोषण आवश्यक रहेको बताए।

प्रहरी संघीय स्वरुपमा गएसँगै यसले धेरै प्रहरी कर्मचारी संगठनको अग्रगामी विकास हुने उनले बताए। समायोजनका लागि तयारी अवस्थामा रहन समेत गृहमन्त्री थापाले भने।

संगठनको सुदृढीकरण र शुद्धीकरणका लागि प्रहरी नेतृत्वले थालेको अभ्यासलाई गृह मन्त्रालयले सदैव सकारात्मक सहयोग रहने विश्वास दिलाए। प्रहरीको रासन लगायका सुविधामा समयानुकूल सुधार गर्दै लैजाने र प्रहरीको मनोबल उच्च पार्ने गृहमन्त्री थापाको आश्वसन छ।

कोरोना संक्रमणको जोखिमकाबीच पनि प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै संगठनप्रति नागरिकको आशाको दियो बचाइराख्न आग्रह गरे।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…