भारतका छुट्टाछुट्टै ३ राज्यबाट आएका पुलिसले ८ जना नेपाली प’क्रेर लिएर गए

काठमाडौं। भारतका विभिन्न राज्यमा चो’री गरेर फरार भएका नेपालीहरुलाई प’क्राउ गर्न भन्दै पछिल्ला केही दिनमा भारतका तीन छुट्टाछुट्टै राज्यका पुलिसहरु नेपालसँगको सीमावर्ती राज्य उत्तराखण्डमा आएर ८ जना नेपालीलाई प’क्राउ गरेर लिएर गएका छन् ।

ती नेपालीहरु भागेर उत्तराखण्ड आएको सूचनाका आधारमा पुलिस टिम आएको हो । महाराष्ट्र र तेलंगनाबाट आएको टोलीले केही नेपालीलाई प’क्राउ गरेर लिएर गएको भए पनि पंजाबबाट आएको टोली रित्तै फर्किएको उत्तराखण्ड पुलिसलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले लेखेको छ ।

नवी मुम्बइमा एक डाक्टरको घरमा भएको चो’रीमा संलग्न भएको आरोपमा रमेश सिंहलाई प’क्राउ गर्न आएको टोली नैनितालमा उनकी श्रीमती बस्ने घरमान पुगेको थियो ।

त्यहाँ रमेश नभेटिएपछि घरको खानतलासीमा करिब ५ लाख मुल्यको एउटा सुनको बिस्कुट भेटिएको थियो । उनकी श्रीमतीले रमेश नेपाल भागेको बताएकी थिइन् । त्यसपछि पुलिस टिमले उनकी श्रीमतीलाई लिएर फर्किएको छ ।

पंजाबको लुधियानामा भएको अर्को घटनामा संलग्न भएको आशंकामा २ नेपालीलाई खोज्दै आएको पंजाब पुलिसको टोलीले सीमावर्ती शहर बनबासामा ३ दिनसम्म बसेर आरोपीहरुको खोजी गरेको थियो ।

तर, तीन दिनसम्म पनि केही हात नलागेपछि टोली सोमबार रित्तै फर्किएको छ । अक्टोबर ८ मा भएको घटनामा ती २ नेपालीले डेढ करोड बराबरको चो’री गरेको आरोप लगाइएको छ । तेलंगनाबाट आएको टोलीले विभिन्न चो’रीको आधारमा ७ जना नेपालीलाई उत्तराखण्डबाट प’क्राउ गरेर लिएर गएको समाचारमा जनाइएको छ ।

भर्खरै प्रकाशित

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…

पाइलट एजी शेर्पा : जस्ले ७३ जनालाई नयाँ जीवन दिए

काठमाडौं । एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हामफाल्छौँ, नबाँचिनेरहेछ’ भनेर जीवन माया मारेर चिच्याउँने यात्रुको मुहारमा खुसी ल्याइदिए पाइलट एजी…

भारतको सीमामा ५० हजार चिनियाँ सैनिक, नियन्त्रण रेखामा ठूलो संख्यामा…

काठमाडौं। भारत चीन सीमा क्षेत्र पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनले ५० हजार सैनिक तैनाथ गरेको छ । यस क्षेत्रमा चिनियाँ सेनाले ठूलो…

परराष्ट्रमन्त्री अमेरिका पुगेपछि भने, ‘एमसीसी संशोधन हुन सक्दैन, जसरी पनि…

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका…

विमानका यात्रुको अनुभव : एयर होस्टेसको आँखामा आँसु थियो, हामीले…

११ असोज, काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन…