विवाहितभन्दा अविवाहित व्यक्तिमा कोरोना संक्रमणबाट मृ’त्यु हुने सम्भावना बढी

हालै गरिएको एक अनुसन्धानले कोरोना संक्रमण भयो भने त्यसबाट मृ’त्यु हुने जोखिम विवाहितलाई भन्दा अविवाहित व्यक्तिलाई बढी हुने देखाएको छ। स्विडेनमा गरिएको अनुसन्धानले यस्तो दाबी गरेको हो।

वैज्ञानिकका अनुसार यदि तपाईं पुरुष हुनुहुन्छ, अनि अविवाहित, गरिब र शिक्षा पनि कम छ भने कोरोनाबाट मृ’त्यु हुने जोखिम ज्यादा हुन्छ।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमणबाट मृ’त्यु हुने खतरा विवाहितलाई भन्दा अविवाहितलाई तथा महिलालाई भन्दा पुरुषलाई बढी हुने देखाएको हो।

उक्त अनुसन्धानअनुसार महिलालाई भन्दा पुरुषलाई कोरोनाबाट मृ’त्यु हुने जोखिम २ गुणा बढी हुन्छ भने महिला हुन् वा पुरुष, विवाहितलाई भन्दा अविवाहितलाई मृ’त्युको जोखिम डेढ गुणा बढी हुन्छ।

उक्त अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित छ। जुन तथ्यांकमा त्यहाँ कोरोनाका कारण मृ’त्यु भएकामा अविवाहित पुरुषको संख्या बढी छ भने तिनको उमेर २० वर्ष वा त्यसभन्दा केही बढी पाइएको छ। तर अविवाहित भएकै कारण कोरोना संक्रमणबाट मर्ने जोखिम किन बढी हुन्छ भन्ने कारणचाहिँ खुलाइएको छैन।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धानमा स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका अनुसन्धानकर्ता स्भेन ड्रेफलले भनेका छन्, ‘खासगरी अरू देशमा भन्दा स्विडेनमै जन्मिएका मानिसमा यस्तो जोखिम बढी पाइएको छ। कोरोनाबाट मृ’त्युको जोखिम कम आय र शिक्षासँग पनि जोडिएको पाइयो।’

किनकि कम शिक्षा र आय भएका मानिसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन नसक्ने वैज्ञानिकको दाबी छ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…