विवादमा तानियो अभिनेता राजेश हमालको कार्यक्रम ‘जातको प्रश्न’

काठमाडौं । अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । क्रिस्चियनको लगानीमा हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको अहिले सामाजिक संजाललगायत चारैतिर चर्काे विरोध हुन थालेका छन् ।

समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो । तर कार्यक्रम हिन्दुबिरोधी भएको भन्दै बिरोध हुन थालेको हो ।

‘क्रिश्चियन एड नेपाल’को लगानी रहेको कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन् । हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ । हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत गुन्जन थालेका छन् ।

सामाजिक संजालमा कार्यक्रमको चर्काे बिरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाउदै चर्काे विरोधसमेत गरेका छन् ।

कार्यक्रममार्फत हमालले नेपाली हिन्दु समाजको बदनाम गरिहेको अभियानका राष्ट्रिय संयोजक विनय यादवले बताउँदै आएका छन् । नेपाली समाजमा फाटो ल्याउने र ८० प्रतिशतभन्दा बढी हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग यादवको रहेको छ ।

हमालको पुत्ला जलाइयो

केही समयदेखि हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्रश्न’ उत्पादन र प्रसारण गरिँदै आएको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा अतिथिहरुले नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा आफ्नो धारणा राख्दै आएका थिए ।

कार्यक्रमको विरोध जनाउँदै राष्ट्रिय एकता अभियानको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा हिन्दू समर्थकहरुले हमालको पु’त्ला जलाएका छन् ।

विरोधमा उत्रिएकाहरुले नेपालीमा धार्मिक हिंसा भड्काउन कार्यक्रम सञ्चालन गरेको आ’रोप लगाएका छन् । यो कार्यक्रममा क्रिश्चियन एड नेपालको लगानी रहेकाले यसलाई जोडेर कतिपयले नेपालमा जातीयतामाथि प्र’हार गर्नका लागि यो कार्यक्रम ल्याएको टिप्पणी गरेका छन् ।

यता समता फाउन्डेसनले भने एक विज्ञप्ति जारी गर्दै कार्यक्रमले कुनै निश्चित जात, धर्म, लिंग तथा क्षेत्रप्रति पूर्वाग्रह नराखेको जनाएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको र युट्युबमा समता फाउन्डेसनको आधाकारिक च्यानलबाट प्रसारण गरिएको ‘जातको प्रश्न’ मा नेपालमा वर्ण व्यवस्था, समाजमा दलितमाथि हुने छुवाछुत जस्ता प्रश्नहरु सोध्ने गरिन्छ ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…