अर्मेनिया र अजरबैजानविच तनाव : टर्कीका अगाडि निरीह बन्यो रुस

मस्को (एजेन्सी)। अर्मेनिया र अजरबैजानबीच रुसको प्रयासपछि भएको यु’द्धविराम एकदिन पनि टिक्न सकेन। अर्मेनिया र अजरबौजानबीच संघर्ष नार्गोभ कारबाख क्षेत्रलाई लिएर भइरहेको छ। जसमा कम्तिमा १५० जनाभन्दा धेरै नागरिक मा’रिएका छन्। नार्गोभ कारबाख क्षेत्र आधिकारिक रुपमा अजरबैजानको भए पनि क’ब्जा अर्मेनियाको छ।

अर्मेनिया इसाई बहुल मुलुक हो भने अरजरबैजान मुस्लिम। कारबाखमा अर्मेनियालीहरुको बाहुल्यता छ। यो यु’द्धमा टर्की अजरबैजानको पक्षमा बलियो रुपमा उभिएको छ, तर रुस चुपचाप छ।

टर्कीले अजरबैजानको क्षेत्रीय सम्प्रभुताको सम्मान गर्दै अर्मेनियाले उसको क्षेत्रमा गरिएको क’ब्जालाई छोडेमात्र कुनै शान्ति वार्ताको समर्थन गर्ने जनाएको छ। टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दवानले रुस पछिल्ला ३० वर्षहरुमा अर्मेनिया–अजरबैजान मामिलालाई सुल्झाउन असफल भएको बताएका छन्।

यसैकारण अर्मेनियाले टर्कीमाथि यु’द्ध भड्काएको आरोप लगाउने गरेको छ। टर्कीको आ’क्रा’मकता र रुसको भूमिकालाई लिएर प्रश्न उठ्न थालेको छ। भनिन्छ, सोभियत संघको पतनपछि रुसको नियतिमा अझै धेरै देख्न बाँकी छ। अर्मेनिया–अजरबैजान यु’द्धपछि फेरि यो कुरा दोहोर्याउन थालिएको छ। कुनै बेला सोभियत संघको अंग रहेका देशहरु अब मस्कोको प्रभावबाट बाहिर निस्कनेर आफ्नो यूरोपेली छिमेकीको प्रभावमा जान थालेको देखिन्छ। चीन पनि सोभियतको हिस्सा रहेका पश्चिम एशियाली मुलुकहरुमा आफ्नो प्रभाव बढाइरहेको छ।

अब अजरबैजान टर्कीको नजिक जान लागेको देखिन्छ। टर्की रुसका अगाडि एक नयाँ क्षेत्रीय शक्तिका रुपमा उदाइरहेको छ। र अजरबैजानलाई आफ्नो पूर्ण समर्थन दिइरहेको छ। विश्लेषकहरुले अद दक्षिणी काकशस क्षेत्र (अर्मेनिया, अजरबैजान र जर्जिया)मा रुसको प्रभाव कमजोर हुन सक्ने अनुमान गरेका छन्।

नार्गोभ कारबाखा क्षेत्रलाई लिएर ९० को दशकमा पनि अजरबैजान र अर्मेनियाबीच यु’द्ध भएको थियो, जसलाई रुसको मध्यस्थतामा समाप्त पारिएको थियो। तर, रुसले अर्मेनियाले जितको भूमिलाई लिएर यथास्थिति कायम राखेको थियो।

अर्मेनियासँग रुसको सैन्य साझेदारी छ, उता अजरबैजानसँग पनि उसको राम्रो सम्बन्ध छ। रुस दुबै देशलाई हतियार आपूर्ति गर्छ। अर्मेनिया र अजरबैजान दुबै सोभियत संघका हिस्सा रहेका थिए। २०१६ मा अजरबैजान र अर्मेनियाबीच भएको यु’द्धमा रुस एकहप्ता भित्र नै दुबैलाई यु’द्धविराम गराउन सफल भएको थियो। तर, यो पटक त्यस्तो देखिएको छैन। यसको ठूलो कारण हो टर्की।

टर्कीको हतियार, कूटनीतिक समर्थन र कथित रुपमा टर्कीका सिरियाली सहयोगी ल’डाकु यु’द्धमा सहभागी भएका कारण अजरबैजानको मनोबल बढेको छ। उसलाई अर्मेनियामाथि जित हुने विश्वास छ। उसलाई लाग्छ, रुसका अगाडि नझुेकै यु’द्ध जारी राख्न सक्छ, र अर्मेनियाले क’ब्जा गरेको भूमि फिर्ता गराउन सक्छ। टर्कीले आवश्यक परे अजरबैजानको सहयोगका लागि पूर्णरुपमा तयार रहेको बताएको छ।

यो नयाँ तथ्यसँग रुस राम्रोसँग परिचित छ। र यसैकारण अर्मेनिया–अजरबैजानको यु’द्धमा सिधारुपमा सहभागी हुनबाट बचिरहेको छ। जबसम्म यो संघर्ष अर्मेनियाको कब्जामा रहेको क्षेत्रमा सिमित हुन्छ, त्यो बेलासम्म रुस यो यु’द्धमा सहभागी हुने छैन। अर्मेनियासँग रुसको नेटो जस्तै सैन्य गठबन्धन छ। र यस क्षेत्रमा रुसको एक सैन्य शिविर पनि छ।

जहाँ २५ सय रुसी सेना छन्। यति हुँदा पनि अर्मेनिया रुसलाई आफ्नो समर्थनमा ल्याउन असफल रहेको छ। रुसले हाल अमेरिका र फ्रान्ससँग मिलेर आफूलाई यु’द्ध विरामको प्रयाससम्म सिमित राखेको छ। रुस। अमेरिका र फ्रान्स मिंस्क समूहका सदस्य पनि हुन्। अजरबैजान–अर्मेनियाबीचको संघर्षलाई सुल्झाउने जिम्मेवारी पछिल्ला ३० वर्षदेखि मिंस्कले निभाउँदै आएको छ।

मस्को धर्मसंकटमा छ। यदि उसले अजरबैजानमाथि अर्मेनियाको कब्जाका अगाडि झुक्न दबाब बनायो भने अजरबैजान सँधैका लागि टर्कीको प्रभावमा जानेछ। यदि रुसले अर्मेनियाको साथ दियो भने रुस र टर्कीबीच खतरनाख यु’द्ध हुन सक्छ।

रुसको बाध्यता छ। उस टर्कीसँगको अफ्नो सम्बन्ध खराब गर्न चाहँदैन। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सम्बन्ध टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दवानसँग विरोधाभास छ। यो विरोधाभासपूर्ण मित्रताका कैयौं भू रणनीतिक फाइदा छन्। पश्चिमी देशलाई लिएर रुस र टर्कीको एउटै सोच छ, र यही उनीहरुको मित्रताको आधार पनि हो।

सियरिया र लिबियापछि यो तेस्रो क्षेत्रीय संघर्ष हो, जसमा रुस र टर्की आमनेसामने छन्। हालसम्म पुटिन र अर्दवान विरोधाभासलाई केही गरेर सम्हाल्न सफल भएका छन्। पाँच वर्ष पहिला जब रुस र टर्की फरक फरक खेमामा थिए, त्यो बेला कैयौं कूटनीतिक जानकारहरुले यो मित्रता मुखको बल पछारिने भविष्यवाणी गरेका थिए। अजरबैजान–अर्मेनिया यु’द्धपछि अवस्था झन खराब भएको छ।

तर रुस र टर्कीलाई एकसाथ उभ्याउने आधार यति बलिया छन् कि उनीहरुले यो परिस्थितिबाट पार पाउन हरसम्भवन प्रयास गर्नेछन्। यदि यी दुई मुलुकबीच यु’द्ध भयो भने त्यो विनाशकारी हुने छ। दुबै मुलुकबीच आर्थिक सम्बन्ध पनि छ। सिरिया र लिबियामा दुबै देशले आफ्नो दु’श्मनीलाई मित्रताको बीचमा आउन दिएनन्।

विश्लेषकहरुले यदि रुसले टर्कीलाई क्षेत्रीय शक्तिका रुपमा स्वीकार गरे यी दुई मुलुकबीच सहयोग र प्रतिस्पर्धा यसरी नै अगााडि बढ्ने छ। तर, हालसम्म शान्ति वार्तामा टर्कीलाई सहभागी गराउनुपर्ने अजरबैजानको माग रुसले स्वीकार गरेको छैन।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…