सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

काठमाण्डाै – सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पूरै सिटमा यात्रु बस्न दिने निर्णयसँगै अब सार्वजनिक गाडीले भाडा पनि पुरानै दरमा लिनुपर्नेछ । यस्तै कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।

सरकारले यसअघि काठमाण्डाै उपत्यकामा भदौ २५ गतेदेखि र लामो दूरीका गाडीमा असोज १ गतेदेखि आधा सिटमा मात्र यात्रु राखेर चलाउन दिएको थियो । यसरी आधा सिटमा मात्र यात्रु राख्न तोकिएको भाडामा ५० प्रतिशतसम्म बढी लिन पाउने व्यवस्था थियो । तर व्यवसायीले भने तोकिएकोभन्दा दोब्बरसम्म भाडा लिँदै आएका गुनासो यात्रुको छ ।

त्यही निर्णयलाई उल्ट्याउँदै सरकारले अब सार्वजनिक गाडीका पूरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

२४ घण्टामा ३ हजार ५५६ जनामा काेराेना सङ्क्रमण, सक्रिय सङ्क्रमितकाे सङ्ख्या झन्डै ३६ हजार

नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार तीन सय ५८ पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार तीन हजार पाँच सय ५६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा १५ हजार पाँच सय ७७ जनाकाे नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएकाे २४ घण्टामा एक हजार पाँच सय तीन जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ७८ हजार सात सय ८० पुगेको छ ।

अब नेपालमा ३५ हजार नाै सय १५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै चार हजार सात सय ९५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

रूपा सुनारको भिडिओ ब्लग- तिमीजस्तै मान्छे हो भनेर कति ठाउँ…

काठमाडौं । तनहुँकी २४ वर्षीया रूपा सुनारलाई थरकै कारण घरबेटीले कोठा नदिएको विषयले अहिले चर्चामा छ। यहीँ विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी भएका…

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…