दसैं नबनोस् दसा : कोरोना छल्न डा. शेरबहादुर पुन यस्तो छ महत्वपूर्ण टिप्स

दसैँ नजिकिएको छ । बजारमा मानिसहरूको भीडभाड बढेको छ । उपत्यका बाहिरिने र भित्रिनेहरूको लर्को उस्तै छ । चहलपहलसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि तीव्र रूपमा फैलिइरहेको छ ।

नेपालमा कुल संक्रमितको संख्या १ लाख नाघेको छ । तीव्र रूपमा फैलिइरहेको संक्रमण रोकिने कुनै छाँटकाँट छैन । यस्तो अवस्थामा सुरक्षित रहेर कसरी चाडपर्व मनाउने त ? यसबारे काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन यस्तो सुझाव दिन्छन् :

बजार निस्कँदा

झण्डै चार महिनासम्म देश लकडाउनमा रह्यो । त्यसपछि निषेधाज्ञाका कारण मानिसहरू बाहिर निस्कन पाएनन् । त्यसैले अब बाहिर निस्कनै पर्ने बाध्यता धेरैलाई छ । दसैँ पनि नजिकिएकाले बजारमा भीडभाड बढ्छ नै । तर, यसरी बजारतिर निस्कँदा व्यक्ति स्वयम्‌ले सावधानी अपनाउनुपर्छ । किनमेलका लागि डिपार्टमेन्ट स्टोर वा भीड कम भएको पसलमा जानुपर्छ ।

मास्क, पञ्जा अनिवार्य लगाउने गर्नुपर्छ । कतिपयले स्यानिटाइजर धेरै प्रयोग गरेको पाइन्छ । त्यसो गर्नु हुँदैन । भरसक डिटोल साबुनले समयसमयमा हात धुने गर्नुपर्छ । दसैँमा मासु बाहिरबाट ल्याएर नखाँदा राम्रो । बाहिरबाट ल्याएमा हातमा पञ्जा लगाउने, मासु तातोपानीमा उमालेर मात्रै पकाउनुपर्छ । सकेसम्म बाहिरको खानेकुरा खान हुँदैन ।

बजारबाट घर जाँदा आफूले लगाएका लुगा निश्चित स्थानमा राखेर साबुनपानीले हातखुट्टा धोएर मात्रै भित्र पस्नुपर्छ ।

सार्वजनिक यात्रामा

छेउमा चुप लागेर बस्दा पनि कोरोना भाइरस सरिहाल्छ भन्ने पूर्ण सत्य होइन । तर, हामी नेपाली अनजान व्यक्तिसँग पनि बोलिहाल्छौँ । छेउछाउमै रहेर बोल्दाचाहिँ संक्रमण सर्ने सम्भावना उच्च हुन्छ । काठमाडौं उपत्यका त हटस्पट नै बनिसकेको छ । त्यसैले भरसक सार्वजनिक बस चढ्दै नचढ्दा राम्रो हुन्छ । चढ्नै पर्ने भएमा मास्क पञ्जा र शरीर पूरै ढाक्ने गरी लुगा लगाउनुपर्छ ।

एक्लै वा साथीसँग भए पनि बसमा रहुन्जेल एक अर्कासँग नबोल्नुस् । बोल्दा भाइरस सर्ने सम्भावना ८० प्रतिशत हुन्छ । बस चढेर घर पुग्नुभयो भने लुगा खोलेर प्लास्टिक वा कुनै नछुने ठाउँमा राखेर अर्को लगाएर मात्रै घरमा पस्ने गर्नुपर्छ ।

दसैँ कसरी मनाउने ?

दसैँमा चहलपहल बढ्छ । त्यसैले कोरोना संक्रमण अहिलेको भन्दा चार गुणा बढ्ने सम्भावना छ । दसैँमा चहलपहल बढ्ने भएकाले धेरै भीडभाड गर्नु हुँदैन । यस पटक यथास्थानमै रहेर दसैँ मनाउँदा राम्रो हुन्छ । भिडियो कलबाट आशीर्वाद लिने, परिवारमा बसेर रमाइलो गर्ने तर एक ठाउँबाट अर्को ठाउँमा नजाने ।

दसैँमा मासु खानैपर्छ भन्ने छैन । घरमै बनाउन सकिने परिकारहरू खानुहोस् । किन्नैपर्ने अवस्थामा नजिकैको पसलमा मात्रै जाने ।

नजिकै हो भनेर आफन्तकोमा टीका थाप्न नजाँदा राम्रो । आफूलाई एलर्जी हुने खानेकुरा नखाने र चिल्लोपिरो धेरै खान हुँदैन ।

घरमै संक्रमित भए के गर्ने ?

घरमा कोही संक्रमित भए त्यस्ता सदस्यलाई छुट्टै कोठामा राख्नुपर्छ । सकेसम्म सामान्य खानेकुरा खान दिनुपर्छ । बिरामी भएको महसुस हुन दिन हुँदैन । संक्रमितलाई कुनै काम वा कुराले ब्यस्त राख्नुपर्छ । यसो गर्दा डिप्रेसनबाट बचाउन सकिन्छ ।

छिमेकीको भूमिका

परिवार नै संक्रमित भएको अवस्थामा छिमेकीबाट भरपूर सहयोग लिन सकिन्छ । र, छिमेकीले पनि यस्ता परिवारलाई दिल खोलेर सहयोग गर्नुपर्छ । सरसामान किनेर ल्याइदिन सकिन्छ । घरको गेटसम्म पुग्दा संक्रमण हुँदैन ।

बेहोस हुने अवस्थामा मात्रै अस्पतालले बिरामी भर्ना लिने हो ?
यसो होइन । बेहोस् हुने अवस्था भन्नाले संक्रमितलाई ज्वरो आएर औषधि खाँदा पनि निको नभएर एक हप्ता भएको खण्डमा, शरीरमा अक्सिजनको कमी भएमा अस्पताल आउनुपर्छ भन्न खोजिएको हो ।

अस्पतालले भर्ना नलिने भन्ने हुँदैन । स्वस्थ मानिस घरमै बसेर निको हुन सक्ने भए पनि अस्पतालमा बस्दा गम्भीर अवस्थाका बिरामीले अस्पतालमा बेड पाउन नसक्ने भएर सामान्य अवस्थामा संक्रमितलाई अस्पताल नजान भनिएको हो ।

संक्रमित परिवारले कस्ता कुरामा ध्यान दिने ?
संक्रमण हुनेबित्तिकै समस्या हुने भन्ने होइन । तर संक्रमण भइसकेपछि जुनसुकै अवस्थाकोे सिर्जना हुन सक्छ । त्यसैले डाक्टरको फोन नम्बर, एम्बुलेन्सको फोन नम्बर सुरक्षित राख्नुपर्छ । तपाईं निरोगी भए पनि हेलचेक्र्याइँले मृत्युको मुखमा पुर्‍याउन सक्छ ।

यदि लहरे खोकी लागेमा, कफ धेरै भएर सास फेर्न गाह्रो भएमा वा शरीरमा अक्सिजनको कमी भएजस्तो महसुस भएमा सकेसम्म छिटो अस्पताल जानुपर्छ ।

संक्रमितलाई सास फेर्न गाह्रो भएको खण्डमा प्राथमिक उपचारको रूपमा नजिकै रहेको स्वास्थ्य संस्था वा क्लिनिकबाट अक्सिजन दिने व्यवस्था गरिहाल्नुपर्छ ।

हरेक संक्रमितले शरीरको अक्सिजन नाप्ने यन्त्र घरमै राख्न जरुरी छ । मूल्य धेरै नपर्ने हुनाले अक्सिजन लेबललाई भने निगरानी गरिरहनुपर्ने हुन्छ ।

दसैँको समयमा संक्रमितलाई खुसी र हौसला कसरी दिने ?

मनोविश्लेषक वासु आचार्य चाडपर्वको समयमा संक्रमितलाई परिवारसँग घुलमिल हुन नपाएकोमा तनाव तथा आफैँप्रति सानोसानाे कुरामा हीनताबोध हुन सक्ने प्रचुर सम्भावना हुँदा संक्रमित सदस्यलाई परिवारले निम्न तरिकाले सहयोग गर्न सक्दछन्:

घरमा सबै संक्रमित भएको अवस्थामा सँगै बसेर तास, लुडोलगायतका खेलहरू खेल्ने, संक्रमित एक्लै कोठामा बसेको खण्डमा सकारात्मक विचारहरूका किताब पढ्न दिने, भरसक कोठामा बसेर गर्न सक्ने काम दिइरहने । सामाजिक सञ्जालमा धेरै समय नबिताउने ।

सामाजिक सञ्जालले मानिसैपिच्छेका फरकफरक कुराहरूले संक्रमितमा डर पैदा हुँदा स्वतः मुटुको चाल बढ्ने, सास फेर्न गाह्रो हुने हुँदा सामाजिक सञ्जालमा सनसनी फैलाउने कोरोनासँग सम्बन्धित कार्यक्रमहरू नहेर्ने र दैनिक १ घण्टासम्म ब्यायाम गर्ने ।

कोठामा उज्यालो आउने गरी झ्याल खोल्ने, संक्रमणको डरले अधिकांश संक्रमित बसेको कोठाको झ्याल बन्द हुन्छ । कोठा अँध्यारो हुँदा नकारात्मक सोच हाबी हुने भएकाले घाम पर्ने कोठामा बस्ने ।

भर्खरै प्रकाशित

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…