निको भएका २५ वर्षीय पुरुषमा दुईपटक कोरोना देखियो, विज्ञ भन्छन् ‘चिन्ताजनक’

वासिङटन । अमेरिकामा एक व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिएको छ । दोस्रो पटकको संक्रमण चिकित्सकहरुका अनुसार धेरै ड रलाग्दो छ ।

२५ वर्षीय एक पुरुषमा अचानक यसरी संक्रमण दोहोरिएको बताइएको छ । बीबीसीमा प्रकाशित समाचार अनुसार ती व्यक्तिको दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो।

सामान्यत: कोरोनाभाइरस सङ्क्रमण नदोहोरिने विश्वास गरिन्छ। तर केही अनुसन्धानले के देखाउँछन् भने अति थोरै बिरामीमा संक्रमण दोहोरिन पनि सक्छ । बीबीसीका अनुसार अमेरिकाको दक्षिणपश्चिम राज्य नभाडाका ती युवकमा हालै संक्रमण दोहोरिएपछि ती व्यक्तिमा पुरानो संक्रमण लुकेर पछि देखिएको नभएर दुबै पटक कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

उनीबाट सङ्कलित फरकफरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखिएको बताइएको छ । वैज्ञानिकहरुले पहिले संक्रमण भएको मान्छेलाई फेरि हुनसक्ने सम्भावित संक्रमणबाट जोगाउन सक्ने सम्भावना नहुने बताएका छन् ।

एकचोटि कोभिड-१९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्ने सुझाव विज्ञहरुले दिने गरेको बीबीसले जनाएको छ । यस्तै कोरोनाभाइरसको संक्रमण फेरि दोहोरिन थालेपछि वैज्ञानिकहरुले यसलाई चिन्ताजनक भनेका छन् ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…