नेपालमा कोरोना सङ्क्रमण चौथो चरणमा प्रवेश गरिसक्याे : डा. मरासिनी

काठमाण्डाै । नेपालमा कोरोना सङ्क्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिस्ट डाक्टर बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो समय सङ्क्रमणको दर उच्च गतिमा बढिरहेकाे र पूर्णरुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको सङ्क्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीकाे भनाइ छ ।

समग्र देशको सङ्क्रमणको स्थिति भन्दा पनि काठमाण्डाै उपत्यकाको सङ्क्रमण चौथो चरणमा प्रवेश गरेको उहाँले बताउनुभयो । काठमाण्डाै उपत्यकाभित्रको सबै समुदायभित्र, घरभित्र, कार्यालयलगायत सबै क्षेत्रमा सङ्क्रमण फैलिइसकेकोले स्थिति नियन्त्रणबाहिर गइसकेको उहाँले बताउनुभयो ।

सरकारले सही नीति लिन नसक्दा सङ्क्रमणको जोखिमलाई नियन्त्रणमा लिन नसकिएको पनि उहाँले स्पष्ट पार्नुभयाे । नेपालका लागि कोरोनाको मुख्य स्रोत सीमापारको क्षेत्र भएको तर सरकारले मानिसहरुको आवत जावतलाई व्यवस्थापन नगर्दा सङ्क्रमण फैलिएको उहाँले बताउनुभयो ।

सरकारले सीमा नाकामा आउने मानिसलाई अव्यावहारिक व्यवहार गरेकाले पनि सङ्क्रमण समुदायमा फैलिएको उहाँले बताउनुभयाे । उहाँले कोरोना सङ्क्रमणको सुरुवातमा नेपालबाट भारतमा जान चाहनेलाई सीमामा १४ दिन राख्ने र भारतबाट नेपाल आउन चाहने नागरिकलाई १४ दिन सीमानामै रोक्नु गलत नीति भएको बताउनुभयो । त्यसको परिणामस्वरुप अहिलेको स्थिति देखा परेको डा. मरासिनीले बताउनुभयो ।

त्यस्तै सरकारले कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने र स्वाब सङ्कलन गरेपछि नाैदेखि १० दिनसम्म परीक्षणको नतिजा नदिने अवस्थाले पनि समुदायमा सङ्क्रमण फैलिन सहयोग पुर्‍याएको उहाँको भनाइ छ ।

गएकाे शनिबार नेपालमा एकैदिन पाँच हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये दुई हजार ६ सय ७२ जना सङ्क्रमित काठमाण्डाै उपत्यकामा भेटिएका थिए ।

आइतबार देशैभर दुई हजार ७१ जना मानिसमा सङ्क्रमण पुष्टि हुँदा काठमाण्डौ उपत्यकाका एक हजार चार सय १६ जना थिए । त्यस्तै सोमबार नेपालभर चार हजार ४७ जनामा सङ्क्रमण पुष्टि हुँदा काठमाण्डाै उपत्यकाका दुई हजार दुई सय ८३ जना सङ्क्रमित भेटिएका छन् ।

सोमबार नेपालमा कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार आठ सय ८० पुगेको छ । सङ्क्रमणको दर बढ्दै जानुले सङ्क्रमण समुदायस्तरमा फैलिएको र चौथो चरणमा प्रवेश गरिसकेको पुष्टि गरेको भाइरोलोजिस्ट डा. मरासिनीले बताउनुभयाे ।

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…