कोरोना भाइरस मोबाइल स्क्रिनमा २८ दिनसम्म बाँच्न सक्ने पछिल्लो अध्यनको दावी

२६ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) पैसा, सिसा र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने एक अध्ययनले देखाएको छ ।

अष्ट्रेलियाली शोधकर्ताले सोमबार बताएअनुसार कोरोना भाइरस फ्लु भाइरसको तुलनामा निकै लामो समयसम्म बाँच्न सक्ने देखिएको हो । त्यसैले कोरोनाबाट बच्न बारम्बार हात धुने र सरसफाइमा ध्यान दिनुपर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका शोधकर्ताहरुले यो अध्ययन गरेका हुन् । यद्यपि यो अध्ययन अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । यद्यपि पछिल्लो एक अध्ययनले भने सूर्यको प्रत्यक्ष किरणले पनि कोरोना भाइरस मर्न सक्ने देखाएको छ ।

यो अध्ययनअनुसार २० डिग्री सेल्सियरको स्थिर तापक्रममा बैंक नोट वा मोबाइलको स्क्रिनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन सक्ने पाइएको हो । इन्फ्लुएन्जाको भाइरस बढीमा १७ दिनसम्म सतहमा जीवित रहन सक्छ ।

यसअघि प्रयोगशालामा गरिएको अध्ययनमा भने बैंकनोट र सिसामा कोरोना भाइरस दुई वा तीनदिनसम्म मात्र जीवित रहन सक्ने पाइएको थियो । प्लास्टिक र स्टिलमा भने यो भाइरस ६ दिनसम्म जीवित रहन सक्ने पाइएको थियो ।

अहिले गरिएको अध्ययनमा कम तापक्रममा लामो समयसम्म यो भाइरस जीवित रहन सक्ने पाइएको छ । २०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा गरिएको अध्ययनमा ४० डिग्री सेल्सियस तापक्रममा कोरोना भाइरस छिटो मरेका थिए ।

जसको कारण गर्मी मौसमको तुलनामा जाडोमा कोरोना संक्रमण फैलिने जोखिम बढी रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ ।

स्रोत : रोयटर्स

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…