मलेसियाले दियो चीनलाई चुनौती, दक्षिण चीन सागरमा ६ जहाजसहित ६० चिनियाँ प’क्राउ

काठमाडौं। मलेसियाले दक्षिण चीन सागरमा चीनलाई चुनौती दिएको छ । मलेसियाको मेरिटाइम इन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले चीनका ६ वटा माछा मार्ने जहाज जफत गरेको छ ।

यी जहाजहरु मलेसियाको समुद्री सीमास्थित जोहोरको खाडीमा गैरकानुनी तरिकाले प्रवेश गरेका थिए । यी जहाजमा रहेका ६० चिनियाँ नागरिकलाई पनि मलेसियाले हि’रास’तमा लिएको छ ।

एमएमइएको तानजुंग सिडिली क्षेत्रका निर्देशक क्याप्टेन मोहम्मद जुल्फादली नयनका अनुसार एजेन्सीले शुक्रबार आफ्नो क्षेत्रमा अपरेशन चलाइरहेको थियो । यस क्रममा दुई अलग अलग स्थानमा यी जहाजहरु देखिए । त्यसपछि का’रवा’ही गरिएको हो ।

मलेसियाका अधिकारीले भने ‘जोहोर बन्दरगाह प्राधिकरणबाट हामीले केही जहाजहरु हाम्रो सीमामा प्रवेश गरेको जानकारी पाएका थियौं । हाम्रो पट्रोलिङ टिमले २–३ नटिकल माइलको दूरीमा यिनीहरुलाई देखे । यीमध्ये तीन जहाजहरु एक अर्काको नजिकै चक्कर लगाइरहेका थिए । यिनीहरुमा ६ क्याप्टेन र ५४ क्रु सदस्य थिए ।’

अधिकारीका अनुसार जहाजमा भएका सबै चीनका नागरिक हुन् । उनहिरुको उमेर ३१ वर्षदेखि ६० वर्षसम्म छ । उनीहरुमाथि मर्चेन्ट शिपिङ अर्डिनेन्स अनुसार मुद्दा दर्ता गरिएको छ ।

यस्तो केसमा सबै क्रु सदस्यमाथि जनही १ लाख मलेसियन रिंगेट जरिवाना र जेल सजाय समेत हुन सक्छ । उनीहरुमाथि अर्को एक कानुनअनुसार पनि का’र’वाही अगाडि बढाइएको छ । यो अभियोगमा अधिकतम ६० लाख मलेसियन रिंगेट जरिवाना र प्रत्येक सदस्यहरुमाथि ६ लाख मलेसियन रिंगेटसम्म जरिवाना हुन सक्छ ।

भर्खरै प्रकाशित

लुम्बिनीका पहाडी जिल्ला प्यूठान, रुकुम, रोल्पामा सेतो पुतलीबाट हुने सापू…

राेल्पा । लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सेतो पुतलीबाट आँखामा लाग्ने सापू रोगका बिरामी बढ्न थालेका छन् । पहाडी जिल्लामा यो रोगको उपचार सबै ठाउँमा हुननसक्ने…

सत्याग्रह गर्नका लागि डा.केसी अमेरिका प्रस्थान

काठमाडौं । चिकित्सा स्वास्थ्य क्षेत्रका अभियन्ता डा.गोविन्द केसी सत्याग्रहका लागि अमेरिका प्रस्तान गरेका छन। विश्व शान्ति दिवसका अवसरमा अमेरिकाको न्युयोर्कमा हुने सामुहिक सत्याग्रहमा भाग लिन…

प्रदीप ज्ञवालीको प्रश्न : एमसीसी सही थियो भने हिजो किन…

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरसेन (एमसीसी) सम्झौतालाई लिएर सत्तारुढ गठबन्धनमाथि प्रश्न उठाएका छन् । सरकार अविछिन्न उत्तराधिकारीवाला संस्था भएकाले आफूहरु…

भारतले चीनलाई भन्यो: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

नयाँ दिल्ली । चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ । विवादित हिमाली सीमामा खटिएको सुरक्षा…

जापानमा सय वर्षसम्म बाँच्नेको संख्या ८५ हजार नाघे

टोकियो । जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म…