डा. केसी आईसीयूमा

काठमाडौं : सरकारसँग शनिबार मध्यराति ८ बुँदे सहमति भएसँगै डा. गोविन्द केसीले आइतबार बिहान २८औं दिनमा अनशन तोडेका छन्। चार साता लामो अनशनले स्वास्थ्य कमजोर भएका कारण डा. केसीको उपचार त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भइरहेको छ।

कोरोना संक्रमणबाट मुक्त भई काममा फर्किएका त्रिवि शिक्षण अस्पतालकै सरसफाइ कर्मचारी विकास नेपालीले उनलाई जुस खुवाएर अनशन तोडाएका थिए।

अनशन अन्त्य गर्नुअघि डा. केसीले दुवै पक्षका वार्ता टोलीका साथै शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए। डा. केसीका सहयोगी प्रीतम सुवेदीले सरकारसँग भएको सहमतिपत्र पढेर सुनाएका थिए।

अनशन अन्त्यपछि डा. केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए। ‘सहमति गर्नुभन्दा कार्यान्वयन महत्त्वपूर्ण कुरा हो’, उनले अन्नपूर्णसँग भने, ‘सरकारले कार्यान्वयनमा इमानदारी देखाउनुपर्छ।

अर्को पटक पनि अनशन बस्न नपरोस्।’ सरकार र डा. केसीबीच सम्झौता भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। फाइल तस्विर 

 

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…