जो आफूसँग भएको १५ लाख रूपैयाँ खर्च गरेर संक्रमितलाई निःशुल्क खुवाउँछन्

काठमाडौँ । सामान्य अवस्था हुन्थ्यो भने विक्रम भँडेल यतिबेला औषधि बेच्नमै व्यस्त हुन्थे । डेढ महिनायता भने उनी महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई निःशुल्क खाना बाँड्दै आएका छन् । ‘यो महामारी मेरो लागि समाज सेवा गर्ने अवसर बन्यो,’ उनले भने ।

२० वर्षीय उनी पेसाले स्वास्थ्यकर्मी (फर्मासिस्ट) हुन् । हाल दिनमा करिब तीन सय संक्रमितका लागि खाद्यसामग्री जुटाउने र निःशुल्क खाना वितरण गर्ने काममा जुटिरहेका छन् । त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको थाहा उनले पाए । ती स्वास्थ्यकर्मी नियमित १२ घण्टा ड्युटी गर्छन्, घर जान पाउँदैनन् र क्वारेन्टाइनमा बस्छन् भन्ने सुनेपछि उनको मन शान्त रहन सकेन ।

‘महामारीमा स्वास्थ्यकर्मी बचाउनु भनेको धेरै बिरामीलाई संक्रमणमुक्त गराउनु हो,’ उनले भने, ‘स्वास्थ्यकर्मी नै स्वस्थ भएनन् भने भोलि संक्रमण नियन्त्रणबाहिर जान्छ जस्तो लाग्यो ।’ घरमा सल्लाह गरेर उनले आफूसँग भएको १५ लाख रुपैयाँ कोरोना संक्रमित स्वास्थ्यकर्मी र बिरामीको खानामा खर्च गर्ने निर्णय गरे ।

अस्पताल प्रशासनसँग अनुमति मागेको १५ दिनपछि उनले खाना पकाउन सुरु गरे । अस्पतालनजिकैको भवनमा मासिक १ लाख तिर्ने सर्तमा एक तला भाडामा लिए । पकाउने भाडालगायत सामग्री जुटाएर काम गर्न थाले । ‘खाना पकाउने ५ जना सेफ र व्यवस्थापन मिलाउने कर्मचारीलाई गरी मासिक ३० हजार तलब दिने गरेको छु,’ उनले भने, ‘बिहान–बेलुकाको खाना र दिउँसोको खाजा खुवाउने जिम्मेवारी मेरो रहेको छ ।’

अस्पतालमा कोभिडका लागि छुट्याइएको ज्वरो क्लिनिक, आकस्मिक कक्ष, शल्यकक्ष, पीसीआर गर्ने ल्याब, आइसोलेसन कक्ष, आईसीयू, रिपोर्ट दिने काउन्टरका स्वास्थ्यकर्मी र भर्ना भएका सबै बिरामीका लागि उनी खाना जुटाउँछन् ।

अस्पतालकै पोषणविद् डा. रेणु यादवले संक्रमितका लागि तयार गरेको तालिकाअनुसार उनको भान्सामा खानेकुरा पाक्ने गरेको छ । ‘साताको चार दिन माछामासु पाक्छ, व्रत बस्नेलाई सादा खाना, खिर र पुरी पनि हुन्छ,’ भँडेलले भने, ‘खाजामा चटामरी, पास्ता, रोटी तरकारी पाक्छ ।’

४५ दिनको खाना, कर्मचारीको तलब र कोठाभाडामा ३१ लाख खर्च भइसकेको उनले सुनाए । एक्लै अभियान सुरु गरे पनि उनलाई सघाउने सहयोगीहरू बढिरहेका छन् । साथीभाइ र आफन्तले सहयोग गर्छन् ।

आर्मी श्रीमती संघबाट खाद्यान्न र नेपालमा रहेका शरणार्थीका लागि काम गर्दै आइरहेको यूएनएचसीआरबाट संक्रमितका लागि भेन्टिलेटर प्राप्त भएको उनले बताए । ‘मेरो उहाँहरूसँग चिनजान थिएन तर पनि २० बोरा चामल, दाल र अरू खानेकुरा दिनुभयो,’ उनले भने, ‘यति धेरै सहयोग आउला भनेर मैले सोचेको थिइनँ ।’

अभियान सुरु गरेको ४५ दिन बित्दा हालसम्म उनले ३२ हजार ९ सय प्लेट खाना बाँडिसकेका छन् । बिरामी र स्वास्थ्यकर्मीले दिएको ‘धन्यवाद’ शब्दमै उनी आनन्द पाउँछन् । ‘अस्पताल प्रशासनबाट पनि हौसला मिलेको छ, यो अभियान बन्द नगर्न भन्नुभएको छ,’ उनले भने, ‘आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्न छाड्ने छैन ।’

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…