लापरवाही गरेमा फेरि लकडाउन गर्न बाध्य हुन्‍छौँ

काठमाडौँ । पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा बढिरहँदा सरकारले सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लापरवाही नगर्न सबैलाई आग्रह गरेका हुन् । साथै सरकारका आग्रह नागरिक स्तरबाट अवज्ञा भएमा फेरि लकडाउन हुनसक्ने भन्दै सचेत गराएका छन् ।

चाडबाड निजकिँदै गर्दा यस्तो बेला संक्रमण झन् जटिल बन्नसक्ने भएकाले त्यसतर्फ ध्यान दिन पनि मन्त्री ज्ञवालीको आग्ह थियो । उनले बारम्बारको सरकारको अपिल पालना नभए कडा कदम चाल्नुपर्ने अवस्था आउने बताए ।

यस्तै काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखिन थालेको पनि उनको भनाइ थियो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

सानो लापरबाहीले गर्दा जीवनमा नै जोखिम आउन सक्ने भन्दै चाडबाडका बेला झन् संवेदनशील बन्न मन्त्री ज्ञवालीले आग्रह गरेका थिए । साथै संक्रमण नियन्त्रणका लागि बाँकेको नरैनापुर, उदयपुर र वीरगंज लगायत क्षेत्रका स्थानीय जनप्रतिनिधि र सरोकारवालाले खेलेको भुमिकालाई आत्मसाथ गर्न पनि उनको आग्रह थियो ।

पछिल्लो दुई दिनयता मात्रै सरकारका दुई जना मन्त्रीलाई कोरोनाभाइरसको संक्रमण भइसकेको छ । विज्ञहरुले भने काठमाडौँमा संक्रमित झन् बढ्नसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

 

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…