रुपन्देहीमा भयावह बन्दै कोरोना : बेड नपाएर संक्रमितको बाटोमै ज्या’न गयो

कोरोनासंक्रमणबाट पछिल्ला दिनहरु भयावह बन्दै गरेको रुपन्देहीमा पछिल्लो २४ घण्टाको बीचमा ४ जनाको मृ’त्यु भएको छ । रुपन्देहीमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या बढ्न थालेपछि सरोकारवालहरु चिन्तित बनेका छन् ।

मृ’त्यु हुनेहरुमध्ये तीनजना बुटवल उपमहानगरपालिकाका र एकजना तिलोत्तमा नगरपालिकाका हुन् । यसरी मृ’त्यु हुनेमा कसैको अस्पताल त कसैको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटैमा मृ’त्यु भएको बुटवलको कोरोना अस्पतालका फोकल पर्शन डा. सुर्दशन थापाले बताए ।

बुटवल–११ की ६१ वर्षीया महिलाको पनि उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा मृ’त्यु भएको छ । असोज २१ गते आईसीयूमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान २ बजे मृ’त्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । असोज २१ गते नै कोरोना सं’क्रमण पुष्टि भएको उनमा श्वासप्रश्वासको समस्या रहेको थियो । भेन्टीलेटरमा राखेर उपचार गर्दा गर्दै बिहान मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै बुटवलको बेड नपाए दाड लैजादै गर्दा दाड लैजादै गर्दा बुटवलका एक पुरुषको पनि आज विहानै बाटैमा मृत्यु भएको छ । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृ’त्यु भएको हो । बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल वा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजान रिफर गरिएकोमा बाटोमै आइतबार बिहान मृ’त्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै, बुटवल–१ का ७० वर्षीय पुरुषको गतराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृ’त्यु भएको छ । शनिबार अस्पताल भर्ना भएका उनमा असोज २२ गते कोरोना सं’क्रमण पुष्टि भएको थियो

रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको हिजो साँझ दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृ’त्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोनाका कारण मृ’त्यु हुने उनी नै पहिलो व्यक्ति हुन् ।

आईसीयू बेडको अभावका कारण ती महिलालाई रुपन्देहीवाट बेलझुण्डी अस्पतालमा पुर्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गर्दागर्दै मृ’त्यु भएको अस्पतालले जनाएको छ ।

 

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…