घटस्थापनादेखि सबै सरकारी कार्यालयहरु बन्द गर्ने सरकारको तयारी

काठमाडौं। देशमा कोरोना संक्रमण विस्फोटकरुपमा फैलिएसँगै सरकारले घटस्थापनाको दिनदेखि पूर्णिमासम्म सरकारी कार्यालयहरु बन्द गर्न तयारी गरेको छ। कोभिड १९ महामारी व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकमा घटनास्थापनाको दिनदेखि सरकारी कार्यालय बन्द गरिनुपर्नेमा जोड दिइएको स्रोतले बताएको।

बैठकमा देशामा पछिल्ला दिनहरुमा सरकारी कर्मचारी तथा सुरक्षाकर्मीहरु संक्रमित हुने क्रम बढेको भन्दै दशैंमा कर्मचारीहरुबाट झन कोरोना फैलिने जोखिम रहेको भन्दै अत्यावश्यक सेवाबाहेक सबै सेवा घटस्थापनाका दिनदेखि पूर्णिमाका दिनसम्म बन्द गर्ने गरी रणनीति बनाउन सरकारलाई सिफारिस गर्ने तयारी भएको हो।

स्रोतका अनुसार आइतबार सीसीएमसीको बैठक बसेर कोरोना नियन्त्रणको मोडलबारे सरकारलाई सिफारिस गरिने र आगामी सोमबार बस्ने मन्त्रिपरिषदबाट पारित गाराउने तयारी छ।

सीसीएमसीको शनिबारको बैठकमा काठमाडौं उपत्यकालगायत देशमा कोरोना संक्रमण तिब्ररुप बढ्नुको कारणबारे नेपाली सेनाले आफ्नो प्रस्तुति दिएको थियो। सेनाले लकडाउन खुकुलो र लकडाउन अन्त्यको राम्रो व्यवस्थापन हुन नसक्दा कोरोना तिब्ररुपमा फैलिएको निष्कर्ष निकालेको जनाइएको छ। सेना देशमा फेरि लकडाउन गर्नुपर्ने पक्षमा रहेको र गृहमन्त्री रामबहादुर थापाले सेनाको भनाईमा समर्थन जनाएको स्रोतले बतायो।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…