एक हप्तापछि विदेशी पर्यटक नेपाल आउन पाउने, क्‍वारेन्टाइनमा पनि बस्‍नु नपर्ने

काठमाडौँ । नेपाल सरकारले आगामी अक्टोबर १७ अर्थात् अबको एक सातादेखि विदेशी पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड १९ संक्रमणको नेगेभिट रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई प्रवेश गर्न दिने भएको हो ।

प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका मन्त्रीहरुको बैठकपछि पर्यटन मन्त्रालयले यस्तो घोषणा गरेको हो । सरकारी अधिकारीहरुका अनुसार विदेशी पर्यटकले नेपाल भ्रमण गर्नुअघि पछिल्लो ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ ।

सरकारले पर्यटकको कोभिड बिमा पनि मिनाहा गर्ने भएको छ । तर यस सम्बन्धी बिरामी भएको खण्डमा उनीहरुले उपचार खर्च आफैँ व्यहोर्नु पर्ने बताइएको छ । साथै पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पनि भिसा दिइनेछ ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…