पाकिस्तानले पनि लगायो टिकटकमाथि प्रतिबन्ध

इस्लामाबाद । पाकिस्तानले चिनियाँ सोसल मिडिया एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । ‘अनैतिक’ र ‘अश्लील’ सामग्री रोक्न नसकेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको पाकिस्तान सरकारले जानकारी दिएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पाकिस्तान दुरसञ्चार प्राधिकरण(पीटीए) ले समाजका विभिन्न तप्काबाट टिकटकमा सेयर हुने विषयबस्तुमाथि गुनासो बढेपछि प्रतिबन्ध लगाउने निर्णय गरिएको बताएको छ ।

टिकटकले ‘अश्लील’ र ‘अनैतिक’ सामग्री नियन्त्रण गर्ने प्रतिबद्धता जनाए मात्रै प्रतिबन्धको समीक्षा गर्न सकिने पनि पीटीएले जनाएको छ । यसबारेमा समाचार एजेन्सी रोयटर्ससँग प्रतिक्रिया दिँदै टिकटकले ‘जहाँ यो एप प्रयोग भइरहेको छ, त्यहाँको कानुन पालना गर्न कम्पनी प्रतिबद्ध’ रहेको बताएको छ । उसले यसबारेमा पीटीएसँग लगातार कुरा भइरहेको पनि बताएको छ ।

पीटीएका अनुसार पाकिस्तानमा प्रतिमहिना टिकटकका २ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा पाकिस्तानमा ह्वाट्सएप र फेसबुकपछि टिकटक एप सबैभन्दा बढी डाउनलोड गरिएको छ ।

टिकटक चिनियाँ कम्पनी बाइटडाइन्सको सोसल मिडिया एप हो । पछिल्लो समय यो एप युवा पुस्तामाझ निकै नै लोकप्रिय मानिन्छ । तर यसमा पोस्ट हुने विषयबस्तुलाई लिएर भने बेलाबेलामा विवाद उत्पन्न हुने गरेको छ । केही समयअघि भारतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै टिकटकसहित सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि टिकटक अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्दै प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । तर त्यहाँको एउटा अदालतले तत्काल टिकटकमाथि प्रतिबन्ध नलगाउन आदेश दिएको छ ।

भर्खरै प्रकाशित

न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका…

मन्त्रीहरूको कार्यभार तोकियो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार कृष्णगोपाल श्रेष्ठलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरूको कारभार तोकेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको सिफारिसबमोजिम कार्यभार तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।…

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हा’नेपछि….

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको खेलमा २ गोल…

चीनको धम्किबाट जव ताइवान नडराई यस्तो भन्यो

ताइवानले चीनसँग हुने यु’द्धको लागि तयार रहनुपर्ने समय आएको बताएको छ। ताइवानको सीमा क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिले यु’द्धको सम्भावना निम्तिएको ताइवानका विदेशमन्त्री जोसेप वुले…

माइतीघरमा शिक्षामन्त्रीको पुत्ला दहन, जातीय विभेदविरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौंको माइतीघरमा जातीय विभेदविरुद्ध दलित अधिकारकर्मी र विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । ‘मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर’ लेखिएको ब्यानरसहित अधिकारकर्मीले प्रदर्शन गरेका…