अमिताभ बच्चनले फेरि सोधे नेपालको नयाँ नक्साबारे विवादित प्रश्न

काठमाडौं। भारतीय रियाली शो कौन बनेका करोडपति (केबीसी) भारतीय च्यानल सोनीबाट प्रशारण हुन्छ। त्यसका प्रस्तोता हुन बलिउड सुपर स्टार अमिताभ बच्चन। उनकै कारण केबीसी निकै चर्चित पनि छ। पछिल्ला एपिसोडमा अमिताभले नेपालबारे प्रश्नहरु सोधिरहेका छन्।

पछिल्लो एपिसोडमा उनले नेपालको नयाँ नक्साबारे प्रश्न गरेका छन्। उनले कुन देशले २०२०मा नयाँ नक्सा बनाएर लिपुलेक, कालापनी र लिम्पियाधुरा समेटेको छ ? भनेर प्रश्न सोधेका छन्। प्रश्नमा ती भूमिहरु भारतीय भूमि भनिएको छ। जबकी ती भूमि नेपाली रहेको ऐतिहासिक तथ्यले देखाउँछ।

अमिताभले केबीसीमा सोधेको प्रश्न भारतीय दावीमात्र हो, जसलाई नेपालले अस्वीकार गरिरहेको छ।

त्यसो त अमिताभले यसअघि पनि केबीसीमा भारत र नेपालको अन्तर्राष्ट्रिय सीमा सुगौली सन्धिअनुसार कुन नदीले निर्धारण गर्छ भनेर प्रश्न गरेका थिए।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…