मेसीले आफ्नो जेटमा साथीहरुलाई ‘लिफ्ट’ दिने

२० असोज, काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले आफ्नो विलासी प्राइभेट जेट अर्जेन्टिनाका टिममेटहरुका लागि उपलब्ध गराउने भएका छन् ।

कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि भन्दै मेसीले आफ्नो प्राइभेट जेट अर्जेन्टिनाका टिममेटहरुका लागि उपलब्ध गराउन लागेका हुन् । अर्जेन्टिनाले आगामी खेलहरुका निम्ति खेलाडीहरुलाई यूरोपबाट आफ्नो देशमा यात्रा गर्न मेसीको जेट प्रयोग गर्न सक्नेछन् ।

सञ्चारमाध्यमका अनुसार मेसीले मार्कोस अकुना, लुकास ओकाम्पोस, पाउलो डिबाला, निकोलस ओटामेन्डी र जुआन फोयथसँग आफ्नो बिमान सेयर गरेका हुन् । उनीहरु सबैलाई लियोनल स्कालोनीले अर्जेन्टिनाका लागि इक्वेडर र बोलिभियाविरुद्ध २०२२ को विश्वकप क्वालिफायर खेल्न बोलाएका छन् ।

मेसीले सन् २०१८ मा १ करोड ५० लाख डलर खर्चेर गुलफ्स्ट्रिम भी प्राइभेट जेट किनेका थिए । यो जेट २९ मिटर लामो, २८ मिटर चौडा र आठ मिटर अग्लो छ ।

यसको निर्माण अमेरिकामा सन् २००२ मा भएको थियो । मेसीले प्रायः पारिवारसँग बिदा मनाउन यो जेट प्रयोग गर्छन् । साथै, मेसीका पिता जर्जले पनि आफ्नो व्यवसायिक भ्रमणहरुका क्रममा छोराको जेट चढ्ने गरेका छन् ।

मेसीको जेटमा १६ वटा सिटहरु छन्, जसलाई आठ वटा ओछ्यानमा परिणत गर्न सकिन्छ । यसमा दुई शौचालय रहेका छन्, जसमध्ये एउटामा सावरको सुविधासमेत छ । जेटिभित्रै दुईवटा भान्सा छन् ।

जेटको पुच्छरमा मेसीले नम्बर १० लेखेका छन्, जुन उनको जर्सीको नम्बर हो । यसैगरी, उनले भर्‍याङमा पत्नी एन्टोनेला र तीन छोरा थियगो, माटेओ र किरोको नाम लेखेका छन् ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…