यस वर्ष पुरानै कपडा लगाएर दशैँ मनाउन सरकारको अनुरोध

काठमाण्डौ – सरकारले यस वर्ष पुरानै कपडा लगाएर दशैँ मनाउन सबैलाई अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दशैँमा नयाँ कपडा किन्ने चलन रहेको र कपडा किन्न जाँदा कोरोना भाइरस सङ्क्रमणको डर धेरै हुने भएकोले भन्दै यो वर्ष आफूसँग भएकै पुराना कपडा लगाएर दशैँ मनाउन आग्रह गर्नुभयो ।

अहिले मानिसहरु कोरोना भाइरसको सङ्क्रणलाई बेवास्ता गर्दै किनमेलमा निस्किएको देखिएको भन्दै प्रवक्ता गौतमले सकभर कपडा किन्दै नकिन्न आग्रह गर्नुभयो ।

यस्तै खानेकुरा किन्दा पनि सचेतता अपनाउन आग्रह गर्नुभयो । उहाँले यो वर्ष दशैँमा टीका तथा आशीर्वाद थाप्नको लागि यात्रा नगर्न आग्रह गर्दै अहिले जो जहाँ छ, त्यही परिवार बसेर खानेकुरा पकाएर रमाइलोसँग खान आग्रह गर्नुभयो ।

टीका थाप्ने वा लगाइ दिनेबाट एक अर्कामा भाइरस सर्ने जोखिम रहने भन्दै उहाँले यो वर्ष फोन तथा अनलाइनबाट मात्र आशीर्वाद लिन आग्रह गर्नुभयो ।

दशैँ केन्द्रित किनमेलबाट सङ्क्रमण धेरै फैलने डर रहेको भन्दै उहाँले नजिकका पसलबाट भिड नभएको बेला सुरक्षा सतर्कता अपनाएर खानेकुरा किन्न र यसबाहेक कपडालगायतका सामग्री यो दशैँमा नकिन्न आग्रह गर्नुभयो ।

केही दिनयता काठमाण्डाै उपत्यकासहित देशैभर काेराेना भाइरसकाे जाेखिम बढिरहेकाे छ । सक्रिय सङ्क्रमितकाे सङ्ख्या २७ हजार नाघेकाे छ ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…