इसेवा प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न कम्पनीको आग्रह

ठमाडौं । विद्युतीय भूक्तानी सेवा प्रदायक कम्पनी ‘इसेवा’ले आफ्ना ग्राहकहरुलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । विभिन्न फिसिङ्ग स्केम डाटाहरुको प्रयोग गरी इसेवा प्रयोगकर्ताहरुको गोप्य सूचनामाथि अनधिकृत पहुँच स्थापना गरिएको सूचनाका आधारमा कम्पनीले सेवाग्राहीहरुलाई आफ्नो पासवर्ड परिवर्तन गर्न भनेको हो ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले इसेवा माथि फैलाएको हल्ला गलत र भ्रामक भएको भन्दै सो बारे कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘इसेवाका केही ग्राहकसँग सम्बन्धीत जानकारी सामाजिक संजालमा राखि इसेवा ह्याक भयो भन्दै गलत तथा भ्रामक जानकारी फैलाइएकोमा यस संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ ।

विभिन्न फिसिङ्ग स्केम सञ्चालन गरी संकलन गरिएको डाटा सामाजिक संजाल तथा अन्य स्रोतहरुबाट उपलब्ध डाटाहरुको दुरुपयोग गरि केहि ग्राहकसँग सम्बन्धीत विवरणमा अनाधिकृत पहुँच स्थापना गरेको जानकारीमा आएकाले पूर्व सावधानिका लागि वेब ब्राउजरबाट इसेवा प्रयोग गर्ने ग्राहकलाई पासवर्ड परिवर्तन गर्न अनुरोध गरिसकेका छौं’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

सोही विज्ञप्ति मार्फत कम्पनीले इसेवा इन्टरनेशनल अर्गनाइजेशन फर स्ट्यान्डर्डाइजेसन –आइएसओ २७००१ः २०१३ प्रमाणपत्र प्राप्त संस्था भएकोले सो संस्थाबाट प्रदान गरिने सेवा गुणस्तरिय, सुरक्षित र विश्वस्तरिय हुने हुँदा ढुक्क हुन प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।

तथापी बढ्दो साइबर सुरक्षाको चुनौतीलाई ध्यान दिँदै विशेष गरि आफ्नो पासवर्ड, ओटीपी लगायतका अन्य जानकारीहरु गोप्य राख्न र पासवर्ड बेला बेलामा परिवर्तन गर्न भने कम्पनीले सुल्झाएको छ ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…