दसैंको खर्च गाडीभाडामै सकियो

कञ्चनपुर । भारतको बैंगलोरमा रोजगारी गर्ने कैलाली, टीकापुरका तिलक विक बुधबार कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किए । कोरोना महामारीकै बीचमा पनि भारतमै काम गरिरहेका उनी दसैं–तिहार नजिकिएसँगै घर आएका हुन् ।

यसपटक उनले गाडीभाडामै धेरै रकम खर्चनुपर्‍यो । बैंगलोरबाट महेन्द्रनगर पुग्दा अरू बेला डेढ हजार भारुले पुग्ने गरेकोमा यसपटक ७ हजार भारु खर्च भएको तिलकले बताए ।

‘बसभाडा मात्रै होइन, सीमामा आइपुग्दा बनबासा–गड्डाचौकीसम्म अटो रिक्साले पनि दोब्बर–तेब्बर भाडा लिए,’ उनले भने, ‘दुःख सहेर जोगाएको पैसा त बाटोमै सकियो ।’

तिलक ७ वर्षदेखि बैंगलोरको एक होटेलमा काम गरिरहेका छन् । उनी एक–डेढ वर्षमा घर फर्किन्छन् । यसपटक नाकामा जाँचका नाममा पनि अरू बेलाभन्दा धेरै सास्ती भोगे ।

सीमामा भारतीय भन्सारलाई ५० रुपैयाँ अतिरिक्त तिर्नुपरेको उनले बताए । भारतीय सुरक्षाकर्मीले जाँचका बहानामा घर फर्कने नेपालीबाट अहिले पनि रकम असुलिरहेको उनको भनाइ छ ।

बझाङ, तलकोटका फनबहादुर रोकाया पनि बुधबार केरलाबाट घर फर्किए । भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको र काम पनि राम्ररी नचलेको भन्दै उनी फर्किएका हुन् । ‘कोरोनाका कारण काम पनि राम्ररी चलेको छैन,’ रोकायाले भने, ‘अलि–अलि ल्याएको खर्च पनि बाटैमा सकिएलाजस्तो भयो ।’

कोरोना महामारीका कारण भारतमा थुप्रै नेपालीले रोजगारी गुमाएका छन् । कतिपय न्यून ज्यालामा काम गरिरहेका छन् । यस्तो अवस्थामा चाडपर्वका बेला घर फर्किंदा लाग्ने खर्चले उनीहरू झनै मारमा परेका छन् । दसैं–तिहारका लागि जोगाएको रकम पनि बाटोमै खर्च हुन थालेको उनीहरूको भनाइ छ ।

केरलाबाट गड्डाचौकी पुग्दा ७ हजार भारु बसभाडामै सकिएको रोकायाले बताए । अरू बेला उनी अढाई–तीन हजार रुपैयाँमा घर पुग्थे । विगतका वर्षमा नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीले बसहरूले लिएको बढी भाडा फिर्ता गराउने गरे पनि यसपालि त्यो हुन सकेको छैन ।

रोकाया केरलामा होटेलमा काम गर्छन् । उनले पनि बनबासाबाट गड्डाचौकी पुग्न अटो रिक्सामा ३ सय तिर्नुपरेको बताए । सामान्य अवस्थामा बनबासादेखि गड्डाचौकीसम्मको भाडा २० भारु मात्र हो ।

‘हामीसँग नाकामै समेत बढी भाडा लिइएको छ,’ दार्चुलाको गोकुलेश्वरका दिनेश साउदले भने, ‘बनबासादेखि गड्डाचौकीसम्मको मात्रै ४ सय तिरेँ ।’

दसैं–तिहार नजिकिँदै गएपछि केही दिनयता भारतबाट घर फर्किनेको संख्या फेरि बढ्दै गएको छ । गड्डाचौकी नाकाबाट दैनिक ५०/६० जना भित्रिने गरेकोमा अहिले उक्त संख्या बढेर अढाई/तीन सय पुगेको छ ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…