अमेरिकाको निर्वाचनमा किम जोंग उनको प्रवेश, राष्ट्रपति ट्रम्पलाई भारी नोक्सान हुन सक्ने

काठमाडौं। उत्तर कोरियाले १० अक्टोबरमा आफ्नो सत्ताधारी वर्कर्स पार्टीको ७५ औं स्थापना दिवस मनाउँदैछ । यो दिनलाई ऐतिहासिक बनाउने तयारी भइरहेको छ । विगत २ महिनाका स्याटेलाइट तस्वीरमा प्योंगयांगमा हजारौं सैनिक र बख्तरबन्द सैन्य वाहनहरुको गतिविधि र निर्माण कार्य देखिएको छ ।

विशेषज्ञहरुले अमेरिकामा भइरहेको राष्ट्रपति निर्वाचनलाई मध्यनजर गर्दै किम जों उन आफ्नो सैन्य शक्ति देखाएर यो मौकाको फाइदा उठाउन चाहने विश्वास गरेका छन् ।

यो अवसरमा उत्तर कोरियाले पनडुब्बीबाट ब्यालेस्टिक मिसाइलको परीक्षण गर्न सक्छ । उत्तर कोरिया सरकार प्रशान्त महासागर क्षेत्रमा ब्यालेस्टिक मिसाइल क्षमता भएको युद्धपोत तैनाथ गरेर हवाइ वा अन्य अमेरिकी सैन्य अड्डाहरुलाई निशानामा लिन चाहन्छ ।

यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि एक किसिमको सरप्राइज हुनेछ । यससँगै यसले राष्ट्रपति ट्रम्पलाई भारी नोक्सानी पनि हुन सक्छ । किनकि अमेरिकी राष्ट्रपति ट्रम्प अहिलेसम्म किम जोंग उनलाई परमाणु निशस्त्रीकरणको लागि राजी गराउन उनीसँग तीन पटक भेटिसकेका छन् तर असफल रहेका छन् ।

यस्तोमा किमको शक्ति प्रदर्शनलाई ट्रम्पको असफलताको रुपमा लिइने र यसले ट्रम्पलाई चुनावमा पराजित गर्न भूमिका खेल्ने मानिएको छ । उता अमेरिकाले पनि चेतावनी दिँदै यसरी हतियार तैनाथ गर्दा तनाव बढ्ने बताएको छ ।

सियोलको ट्रायल युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेन प्रिक्सटनका अनुसार उत्तर कोरियाको इतिहासमा वार्षिकोत्सव निकै अहम मिति हुन्छन् ।

यी दिनमा उत्तर कोरियाका शासक आफ्नो नेतृत्वलाई सैन्य शक्तिको रुपमा प्रदर्शित गर्छन् । स्टयाटेलाइटबाट बचाउनको लागि अहिले यी हतियारलाई पालमा राखिएको छ । यस्तै गरी यहाँ कैयौं ग्यारेज बनाइएका छन् ।

उनी भन्छन् ‘केही संरचना यस्ता देखिएका छन् जसमा लामो दूरीको मिसाइल लञ्च गर्ने ट्रान्सपोर्टर इरेक्टर लञ्चर राखिएका छन् ।’ दक्षिण कोरियाको दक्षिणी कमाण्डका सैन्य अधिकारी वोन इन चुलका अनुसार सिन्पो शिपयार्डमा मर्मतको काम तीब्र गतिमा भइरहेको छ ।

यो उत्तर कोरियाका पनडुब्बीको घर हो । जब यो काम पूरा हुनेछ त्यसपछि उत्तरु कोरियाले ब्यालेस्टिक मिसाइल एसएलबीएम परीक्षण गर्न सक्छ ।

 

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…