रोचक : फिनल्याण्डमा १६ वर्षीय एक किशोरीलाई एक दिनका लागि प्रधानमन्त्री बनाइयो

काठमाण्डाै । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन देशको सबैभन्दा युवा प्रधानमन्त्री हुनुहुन्छ । तर भर्खर मात्रै उहाँले प्रधानमन्त्रीको पद एक दिनका लागि १६ वर्षीया एक किशोरीलाई सुम्पिनुभएको छ ।

सन्ना मरिनले किशोरीहरुको अवाज बुलन्द गर्नको लागि यस्तो कदम उठाउनुभएको हो । किशोरीहरुको अधिकारलाई बढावा दिनका लागि सन्ना मरिनले दक्षिण फिनल्याण्डको वास्कीमा रहने १६ वर्षीया किशोरी आभा मुर्टाेलाई एक दिनको लागि प्रधानमन्त्रीको कुर्सी सुम्पिनुभएको हो ।

प्रधानमन्त्रीको पद पाएपछि आभाले यो दिन आफ्नो लागि निकै रोमाञ्चक दिन भएको बताएकी छिन् ।
सञ्चारमाध्यमसँग भेटघाट, चान्सलरसँग बैठक

आभाले देशको प्रधानमन्त्री बन्दाको क्षण निकै खास भएको बताएकी छिन् । प्रधानमन्त्रीको रुपमा उनले न्यायका चान्सलरसँग बैठक पनि गरेकी थिइन् र यस क्रममा उनले सञ्चारमाध्मयसँग कुराकानी पनि गरेकी थिइन् ।

आभाले जलवायु परिवर्तन र मानव अधिकारसँग जोडिएका मुद्दाको सक्रिय रुपमा प्रचारप्रसार गर्दै आएकी छिन् । उनलाई गर्ल्स टेकओभर नामक अभियानमार्फत एक दिनका लागि प्रधानमन्त्री बनाइएको हो । यो अभियानको मुख्य उद्देश्य किशोरीहरुको डिजिटल क्षमता निखार्न र अवसरको बारेमा जानकारी दिनु हो ।

कस्तो रह्यो अनुभव ?

यस अभियानको एक प्रमुख प्रयास भनेको महिलाविरुद्ध लगातार अनलाइन प्लेतफर्ममा बढिरहेको उत्पीडन सबैको अघि ल्याउनु थियो । एक दिनको लागि प्रधानमन्त्री बनेकी आभाले यस खास दिनमा धेरै कुरा सिकेको बताइन् ।

किशोरीहरुले सञ्चार र प्रविधिको क्षेत्रमा किशोरले भन्दा राम्रो तरिकाले काम गर्न सक्ने महसुस गर्नुपर्ने उनले भनिन् । आभाका अनुसार जसको उमेर १८ वर्षभन्दा धेरै छ, उनीहरुले अझै सिर्जनात्मक बन्ने कोसिस गर्नुपर्छ ।

के हो अभियान ?

यद्यपि एक दिनका लागि प्रधानमन्त्री बनेकी आभाले कुनै नयाँ कानुन त बनाइनन् तर यस क्रममा उनले विभिन्न नेतासँग भेट गरिन्, जो सञ्चार र प्रविधिको क्षेत्रमा महिला अधिकारको लागि काम गरिरहेका छन् ।

गर्ल्स टेकओभर नामको अभियान विश्वका कैयौँ देशमा चलाइएको छ, जसअनुसार किशोरीहरुलाई राजनीतिक क्षेत्रमा एक दिनको लागि कदम राख्ने अनुमति दिइन्छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…