अजरबैजानले अर्मेनियासँगको द्व’न्द्वमा खोज्यो नेपालको साथ

काठमाडौं । असंलग्न आन्दोलनको अध्यक्ष मुलुक अजरबैजानले अर्मेनियासँग जारी द्व’न्द्वमा आफू पक्षमा समर्थन गरिदिन नेपाललाई आग्रह गरेको छ ।

नेपाल असंलग्न आन्दोलनको एक सदस्य राष्ट्र हो । गत अक्टोबरको २५–२६ मा बाकु शहरमा भएको असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी ओलीले अजरबैजानको भ्रमण गरेका थिए ।

नेपाल मामिला समेत हेर्ने नयाँ दिल्लीस्थित अजरबैजानको राजदुतावासले केही दिन पहिले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर आफ्नो भौगोलिक अखण्डताको पक्षमा बोलिदिन आग्रह गरेको हो ।

नेपालसँगै दक्षिण एसियाका अन्य साना मुलुकलाई पनि अजरबैजानको सहयोग गरिदिन आग्रह गरेको छ ।

यस विषयमा नेपालले भने कुनै प्रतिक्रिया जनाएको छैन् । अजरबैजानले जारी द्व’न्द्वले क्षेत्रीय शान्ति र स्थायित्वमा असर गर्ने भएकाले नेपालले यस विषयमा बोल्नु पर्ने बताउँदै आएको छ ।

अहिले अजरबैजान र अर्मेनियाको बीचमा विवादित भूमिको विषयमा यु’द्ध चलिरहेको छ र दुवै देशका धेरैजना नागरिकले ज्यान गुमाईसकेका छन् ।

यी दुई मुलुकको बीचमा अहिले जारी यु’द्धको कारण विवादित भूमि नागोर्नो काराबख मानिन्छ । यो भूमिमा अर्मेनियाको नि’यन्त्रण छ । त्यसैले अजरबैजानले आफ्नो भूमि फिर्ता ल्याउनको लागि अर्मे’नियामाथि आ’क्र’मण गरेको हो ।

सोभियत संघको पालामा यो भूमि अजरबैजानको एक भाग थियो । सन् १९८० को दशकमा सोभियत संघ टुक्रिन सुरु भयो । त्यसपछि अर्मेनियाले संसदले नागोर्नो काराबख आफ्नो भूमिमा ल्याउन माग ग¥यो । तर सोभियत संघले त्यो माग अस्वीकार गर्‍यो ।

यसै विषयलाई लिएर अर्मेनियाका विखण्डनकारी समूह र अजरबैजानको सेनाबीच यु’द भएको थियो । यो हिं’सा सन् १९९४ मा आएर टुङ्गिएको थियो । त्यतिबेला रुसले दुई मुलुकको बीचमा यु’द्धवि’राम गराएको थियो । तर, त्यतिबेला यो क्षेत्रमा अर्मेनियाको एक जातीय समूहको नि’यन्त्र’णमा थियो ।

सन् १९९४ मा शान्ति सम्झौता भए पनि यो क्षेत्रमा निरन्तर हिं’सा भने हुँदै आएको छ । सन् २०१६ मा पनि अर्मेनिया र अजरबैजानको बचिमा यो क्षेत्रको विषयलाई लिएर चार दिनसम्म यु’द्ध भएको थियो । रुसले त्यतिबेला मध्यस्थता गर्दै यु’द्ध साम्य पारेको थियो । विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुले लामो समयदेखि यो विवाद सुल्झाउने प्रयास भने गर्दै आएका छन् ।

अहिले जारी यु’द्ध भने सेप्टेम्बर २७ मा शुरु भएको हो । यो यु’द्धमा क्षेत्रीय प्रतिस्पर्धी मुलुकहरु रुस र टर्की पनि मुछिएका छन् । टर्कीले अजरबैजानलाई स्पष्टरुपमा सहयोग गरेको छ । टर्की र रुस सिरिया र लिबियाको यु’द्धमा पनि एकअर्काको वि’रु’द्धमा देखिएका छन् ।

त्यसैले यो यु’द्ध’मा अजरबैजानको साथ दिनु पनि टर्कीको रुसलाई चुनौती दिने चाल हुनसक्ने आकलन छ । रुसले भने अहिलेको यु’द्धमा आफूले कुनै पनि मुलुकको पक्ष नलिएको र आफ्नो दुवै मुलुकसँग राम्रो सम्बन्ध रहेको बताएको छ । उसले यो यु’द्ध रोक्ने विषयमा टर्कीसँग पनि वार्ता भइरहेको उल्लेख गरेको छ ।

भर्खरै प्रकाशित

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति…