कोरोना लागेपछि ट्रम्प पत्‍नीले ह्‍वाइट हाउस छोड्न नमान्दा मनमुटाव

वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पले कोरोनाभाइरसको संक्रमण भएपछि पनि ह्वाइट हाउस छाड्ने कुनै योजना नबनाएको ह्वाइट हाउसका अधिकारीहरुले जनाएका छन् ।

ह्वाइट हाउस नछाड्ने उनको अडानले गर्दा राष्ट्रपति ट्रम्पसँग मनमुटाव भएको पनि बुझिएको छ । ट्रम्प आफैँलाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ । आइतबार राष्ट्रपति ट्रम्प उपचारका लागि अस्पताल पुगे । तर मेलानियाले ह्वाइट हाउस नछाड्ने भएकी हुन् । ह्वाइट हाउसका अधिकारीहरुले बताए अनुसार मेलानिया कोभिड १९ को खतराप्रति सचेत नै छिन् ।

शुक्रबार बिहानै फस्र्ट लेडी मेलानियाले आफू र राष्ट्रपतिलाई कोभिड १९ को संक्रमण पुष्टि भएको जानकारी दिएकी थिइन् । तर उनले आफूलाई हल्का लक्षण मात्रै देखिएको पनि उनले जनाएकी थिइन् ।

सोमबार भने मेलानियाले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र नियमित रुपमा घरमै आराम गर्ने बताइन् । उनले मेडिकल स्टाफ र आफ्नो हेरचाह गर्नेहरुलाई ट्वीटरमार्फत धन्यवाद दिएकी थिइन् । साथै उनले कोभिड १९ का बिरामीहरुको सुस्वास्थ्यको कामना समेत गरेकी थिइन् ।

मेलानियाले यसवाहेक ६ महिना अघिदेखि नै लामो दूरीको यात्रा र सार्वजनिक जमघटमा जान रोकेकी थिइन् । गत महिना फस्र्ट लेडीले न्यु ह्याम्पसायर भ्रमण गरेकी थिइन् । त्यहाँ उनी जन्मजात अपांगता भएका बालबालिकाको उपचार गर्ने अस्पतालको एक कार्यक्रममा पुगेकी थिइन् । जुन महामारी सुरु भएपछि उनको पहिलो औपचारिक यात्रा थियो ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…