अजरबैजानले अर्मेनियासँगको द्व’न्द्वमा खो’ज्यो नेपालको साथ

काठमाडौं । असंलग्न आन्दोलनको अध्यक्ष मुलुक अजरबैजानले अर्मेनियासँग जारी द्व’न्द्वमा आफू पक्षमा समर्थन गरिदिन नेपाललाई आग्रह गरेको छ ।

नेपाल असंलग्न आन्दोलनको एक सदस्य राष्ट्र हो ।

गत अक्टोबरको २५–२६ मा बाकु शहरमा भएको असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी ओलीले अजरबैजानको भ्रमण गरेका थिए ।

नेपाल मामिला समेत हेर्ने नयाँ दिल्लीस्थित अजरबैजानको राजदुतावासले केही दिन पहिले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर आफ्नो भौगोलिक अखण्डताको पक्षमा बोलिदिन आग्रह गरेको हो ।

नेपालसँगै दक्षिण एसियाका अन्य साना मुलुकलाई पनि अजरबैजानको सहयोग गरिदिन आग्रह गरेको छ ।

यस विषयमा नेपालले भने कुनै प्रतिक्रिया जनाएको छैन् । अजरबैजानले जारी द्वन्द्वले क्षेत्रीय शान्ति र स्थायित्वमा असर गर्ने भएकाले नेपालले यस विषयमा बोल्नु पर्ने बताउँदै आएको छ ।

अहिले अजरबैजान र अर्मेनियाको बीचमा विवादित भूमिको विषयमा यु’द्ध चलिरहेको छ र केही मृत्यु पनि भएको छ । तर मृ’त्युको वास्तविक तथ्यांक भने दुवैतर्फबाट आउन सकेको छैन ।

यी दुई मुलुकको बीचमा अहिले जारी युद्धको कारण विवादित भूमि नागोर्नो काराबख मानिन्छ । यो भूमिमा अर्मेनियाको नि’य’न्त्रण छ । त्यसैले अजरबैजानले आफ्नो भूमि फिर्ता ल्याउनको लागि अर्मेनियामाथि आ/”क्रमण गरेको हो ।

सोभियत संघको पालामा यो भूमि अजरबैजानको एक भाग थियो । सन् १९८० को दशकमा सोभियत संघ टुक्रिन सुरु भयो । त्यसपछि अर्मेनियाले संसदले नागोर्नो काराबख आफ्नो भूमिमा ल्याउन माग ग¥यो । तर सोभियत संघले त्यो माग अस्वीकार गर्‍यो ।

यसै विषयलाई लिएर अर्मेनियाका विखण्डनकारी समूह र अजरबैजानको सेनाबीच यु भएको थियो । यो हिंसा सन् १९९४ मा आएर टुङ्गिएको थियो । त्यतिबेला रुसले दुई मुलुकको बीचमा यु’द्धविराम गराएको थियो । तर, त्यतिबेला यो क्षेत्रमा अर्मेनियाको एक जातीय समूहको नि’यन्त्र’णमा थियो ।

सन् १९९४ मा शान्ति सम्झौता भए पनि यो क्षेत्रमा निरन्तर हिंसा भने हुँदै आएको छ । सन् २०१६ मा पनि अर्मेनिया र अजरबैजानको बचिमा यो क्षेत्रको विषयलाई लिएर चार दिनसम्म यु\’द्ध भएको थियो । रुसले त्यतिबेला मध्यस्थता गर्दै यु’द्ध साम्य पारेको थियो । विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुले लामो समयदेखि यो विवाद सुल्झाउने प्रयास भने गर्दै आएका छन् ।

अहिले जारी यु’द्ध भने सेप्टेम्बर २७ मा शुरु भएको हो । यो यु’द्धमा क्षेत्रीय प्रतिस्पर्धी मुलुकहरु रुस र टर्की पनि मुछिएका छन् । टर्कीले अजरबैजानलाई स्पष्टरुपमा सहयोग गरेको छ । टर्की र रुस सिरिया र लिबियाको यु’द्धमा पनि एकअर्काको विरुद्धमा देखिएका छन् ।

त्यसैले यो यु’द्धमा अजरबैजानको साथ दिनु पनि टर्कीको रुसलाई चुनौती दिने चाल हुनसक्ने आकलन छ । रुसले भने अहिलेको यु’द्धमा आफूले कुनै पनि मुलुकको पक्ष नलिएको र आफ्नो दुवै मुलुकसँग राम्रो सम्बन्ध रहेको बताएको छ । उसले यो यु’द्ध रोक्ने विषयमा टर्कीसँग पनि वार्ता भइरहेको उल्लेख गरेको छ ।

भर्खरै प्रकाशित

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…

दैनिक ३ करोडभन्दा बढीको बिजुली खेर जाँदै

काठमाडौं । यो साता केही दशैंका कारण विद्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ । दशैंका कारण…

दसैं मान्न घर आएका युवामा कोरोना पुष्टि, पाँच दिनका लागि…

बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका ३ धम्जा पाँच दिनका लागि सिल गरिएको छ । दसैं मनाउन घर आएका एक युवामा दसैंकै दिन कोरोना संक्रमण पुष्टि…

मङ्गल ग्रहमा तीनवटा भूमिगत ताल, हिउँ पग्लिने तापक्रम छैन तर…

मङ्गल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन्। वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएका पाइएकामध्ये एकचौथाइ वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन्।…

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे कार्तिक १९ गते नेपाल आउंदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे कार्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउँदै आउने भएका छन् । प्रधान सेनापति पूर्णचन्द्र थापाको…