अजरबैजानले अर्मेनियासँगको द्व’न्द्वमा खोज्यो नेपालको साथ

असंलग्न आन्दोलनको अध्यक्ष मुलुक अजरबैजानले अर्मेनियासँग जारी द्वन्द्वमा आफू पक्षमा समर्थन गरिदिन नेपाललाई आग्रह गरेको छ ।

नेपाल असंलग्न आन्दोलनको एक सदस्य राष्ट्र हो । गत अक्टोबरको २५–२६ मा बाकु शहरमा भएको असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी ओलीले अजरबैजानको भ्रमण गरेका थिए ।

नेपाल मामिला समेत हेर्ने नयाँ दिल्लीस्थित अजरबैजानको राजदुतावासले केही दिन पहिले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर आफ्नो भौगोलिक अखण्डताको पक्षमा बोलिदिन आग्रह गरेको हो ।

नेपालसँगै दक्षिण एसियाका अन्य साना मुलुकलाई पनि अजरबैजानको सहयोग गरिदिन आग्रह गरेको छ ।

यस विषयमा नेपालले भने कुनै प्रतिक्रिया जनाएको छैन् । अजरबैजानले जारी द्वन्द्वले क्षेत्रीय शान्ति र स्थायित्वमा असर गर्ने भएकाले नेपालले यस विषयमा बोल्नु पर्ने बताउँदै आएको छ ।

अहिले अजरबैजान र अर्मेनियाको बीचमा विवादित भूमिको विषयमा युद्ध चलिरहेको छ र केही मृत्यु पनि भएको छ । तर मृत्युको वास्तविक तथ्यांक भने दुवैतर्फबाट आउन सकेको छैन ।

यी दुई मुलुकको बीचमा अहिले जारी युद्धको कारण विवादित भूमि नागोर्नो काराबख मानिन्छ । यो भूमिमा अर्मेनियाको नियन्त्रण छ । त्यसैले अजरबैजानले आफ्नो भूमि फिर्ता ल्याउनको लागि अर्मेनियामाथि आक्रमण गरेको हो ।

सोभियत संघको पालामा यो भूमि अजरबैजानको एक भाग थियो । सन् १९८० को दशकमा सोभियत संघ टुक्रिन सुरु भयो । त्यसपछि अर्मेनियाले संसदले नागोर्नो काराबख आफ्नो भूमिमा ल्याउन माग ग¥यो । तर सोभियत संघले त्यो माग अस्वीकार गर्‍यो ।

यसै विषयलाई लिएर अर्मेनियाका विखण्डनकारी समूह र अजरबैजानको सेनाबीच यु भएको थियो । यो हिंसा सन् १९९४ मा आएर टुङ्गिएको थियो । त्यतिबेला रुसले दुई मुलुकको बीचमा युद्धविराम गराएको थियो । तर, त्यतिबेला यो क्षेत्रमा अर्मेनियाको एक जातीय समूहको नियन्त्रणमा थियो ।

सन् १९९४ मा शान्ति सम्झौता भए पनि यो क्षेत्रमा निरन्तर हिंसा भने हुँदै आएको छ । सन् २०१६ मा पनि अर्मेनिया र अजरबैजानको बचिमा यो क्षेत्रको विषयलाई लिएर चार दिनसम्म युद्ध भएको थियो । रुसले त्यतिबेला मध्यस्थता गर्दै युद्ध साम्य पारेको थियो । विभिन्न अन्तर्राष्ट्रिय संगठनहरुले लामो समयदेखि यो विवाद सुल्झाउने प्रयास भने गर्दै आएका छन् ।

अहिले जारी युद्ध भने सेप्टेम्बर २७ मा शुरु भएको हो । यो युद्धमा क्षेत्रीय प्रतिस्पर्धी मुलुकहरु रुस र टर्की पनि मुछिएका छन् । टर्कीले अजरबैजानलाई स्पष्टरुपमा सहयोग गरेको छ । टर्की र रुस सिरिया र लिबियाको युद्धमा पनि एकअर्काको विरुद्धमा देखिएका छन् ।

त्यसैले यो युद्धमा अजरबैजानको साथ दिनु पनि टर्कीको रुसलाई चुनौती दिने चाल हुनसक्ने आकलन छ । रुसले भने अहिलेको युद्धमा आफूले कुनै पनि मुलुकको पक्ष नलिएको र आफ्नो दुवै मुलुकसँग राम्रो सम्बन्ध रहेको बताएको छ । उसले यो युद्ध रोक्ने विषयमा टर्कीसँग पनि वार्ता भइरहेको उल्लेख गरेको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…