अब नेपाली कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई अमेरिकाले ग्रीनकार्ड र नागरिकता नदिने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सदस्य रहेका नेता तथा कार्यकर्ताले अब अमेरिकामा स्थायी बसोबास अनुमति वा नागरिकता पाउने छैनन् । अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले लागू गरेको पोलिसी अलर्टमा यस्तो व्यवस्था गरिएको छ ।

अक्टोबर २ मा जारी गरिएको पोलिसी अलर्टअनुसार नेपाल मात्र नभइ कुनै पनि देशका कम्युनिस्ट पार्टीका सदस्य वा कम्युनिस्ट पार्टीका भातृ संगठनहरुका सदस्यले पनि अमेरिकामा स्थायी बसोवासको अनुमति पाउने छैनन् ।

अहिले पोलिसी अलर्ट आएपनि यो नियम अमेरिकाको नौलो नियम भने होइन । अमेरिकी नियमअनुसार कुनै पनि कम्युनिष्ट पार्टीको सक्रिय सदस्य अमेरिकामा स्थायी बसोबासका लागि योग्य मानिदैन ।

पोलिसी अलर्टमा प्रस्ट रुपमा कुनै पनि कम्युनिस्ट पार्टीसँग आबद्धता वा अन्य निरंकुश शासन व्यवस्थासँग आबद्ध भएकाहरु अमेरिकामा ‘इमिग्रेन्ट स्टाटस’का लागि आवेदन दिन अयोग्य हुने व्यवस्था गरेको छ ।

अमेरिकी कंग्रेसले देशको सुरक्षाको लागि यो नीति पारित गरेको बताइएको छ । यो नीति अमेरिका र चीनबीच बढिरहेको तनावका कारण ल्याइएको विश्वास गरिएको छ ।

यो नीतिले चीनमात्र नभइ नेपालसहितका कैयौं देशका कम्युनिष्ट पार्टीसँग आबद्ध व्यक्तिहरु अमेरिकाका लागि अस्वीकार्य हुनेछन् । अहिले कम्युनिष्ट पार्टीका सक्रिय सदस्य भएका मात्र नभइ विगतमा कम्युनिस्ट पार्टीमा आबद्ध रहेकाहरु पनि यो कनुनअनुसार अमेरिकामा स्थायी बसोवास पाउनका लागि अयोग्य हुनेछन् । यसअघि नै अमेरिकामा स्थायी बसोवास अनुमति पाइसकेकाहरुको हकमा भने नीतिमा केही उल्लेख छैन ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…