कतारमा रहेका सबै नेपालीले निःशुल्क कोरोनाभाइरसविरुद्धको भ्याक्सिन पाउने

काठमाडौं। कतारमा रहेका सबै नेपालीले निःशुल्क कोरोनाभाइरसविरुद्धको भ्याक्सिन पाउने भएका छन् । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले आफ्नो देशका नागरिक र आफ्नो देशका बस्ने विदेशी गरी देशभित्र भएका सबैलाई निःशुल्क कोरोनाभाइरस भ्याक्सिन उपलब्ध गराउने निर्णय गरेको एक बरिष्ठ स्वास्थ्य अधिकारीले जानकारी दिए ।

कोभिड–१९ सम्बन्धी राष्ट्रिय स्वास्थ्य रणनैतिक समूहका अध्यक्ष डा. अब्दुल्लतिफ अल खलले यस्तो जानकारी दिएको कतार ट्रिब्युनले बनाएको छ । कतारमा ४ लाखभन्दा धेरै नेपाली बस्छन् ।

‘आउँदा हप्ता र महिनामा कतारले पर्याप्त मात्रामा भ्याक्सिन सुरक्षित गर्ने तयारी गरिरहेको छ । यो व्यक्ति, सार्वजनिक र सामुदायिक स्वास्थ्यको लागि महत्वपूर्ण छ’ हम्माद मेडिकल कर्पोरेशनमा संक्रामक रोग विशेषज्ञका प्रमुख समेत रहेका डा. खलले कतार टिभीसँग कुरा गर्दै भने ।

उनका अनुसार जनस्वास्थ्य मन्त्रालयले भ्याक्सिन उपलब्ध हुनासाथ यसलाई हासिल गर्नको लागि ठूलो प्रयास गरिरहेको र उत्पादक कम्पनीसँग सम्झौताको प्रक्रिया अगाडि बढाइसकेको छ ।

‘संकेतहरु धेरै राम्रा देखिएका छन् । जनस्वास्थ्य मन्त्रालयले सम्झौता गरेका कम्पनीमध्येको एक फाइजरले राम्रो काम गरिरहेको छ । फाइजरको भ्याक्सिनले अक्टोबरको अन्त्यमा वा नोभेम्बरमा स्वीकृति पाउने सम्भावना छ’ उनले भने ।

डा. खलका अनुसार यो भ्याक्सिनको अहिले विभिन्न देशका ४४ हजार जनामा ट्रायल भइरहेको छ र यसको नतिजाको आधारमा भ्याक्सिनले स्वीकृति पाउनेछ । भ्याक्सिन प्रभावकारी र सुरक्षित रहेको प्रमाणित भएमा यसले स्वीकृति पाउनेछ र यो कतारसहितका विभिन्न देशमा निर्यात गरिनेछ ।

‘हामीले आशा गरेका छौं कि कतारले पहिलो परिमाण यो वर्षको अन्त्यसम्ममा वा अर्को वर्षको सुरुवातसम्म पाउनेछ’ उनले भने । कतारले प्रारम्भिक चरणमा भ्याक्सिन उत्पादनमा प्रतिष्ठित र सुरुवातमा भ्याक्सिन प्रभावकारी र सुरक्षित देखिएका अन्य कम्पनीहरुसँग पनि सम्पर्क गरिरहेको उनले बताए ।

‘केही अन्य कम्पनहिरुसँग पनि छलफल भइरहेको छ’ उनले भने । डा. खलका अनुसार फाइजरले सुरुवाती चरणमा १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने र विभिन्न देशमा पठाउने तयारी गरेको छ । कम्पनीले २०२१ मा १ अर्ब डोज उत्पादन गर्ने जनाएको छ ।

 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…