रुपन्देहीका २ हजार २ सय ४९ उद्योगी–व्यवसायीले गरे नेकपा छाडेको घोषणा

बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा लैजान लागेको विरोधमा उत्रिएका रूपन्देहीका नेकपासम्बद्ध उद्योगी–व्यवसायीले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।

बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी २ हजार २ सय ४९ जना उद्योगी–व्यवसायीले नेकपाको सदस्यता त्यागेको घोषणा गरिएको हो ।

पार्टी त्याग्नेहरूमा नेकपानिकट विभिन्न विभाग र औद्योगिक, व्यावसायिक संघसंस्थाका अगुवाहरू मोतीलाल पाण्डे, एजाज आलम, समुद्र जीसी, माधव नेपाल, बाबुराम बोहोरा, राजेन्द्र ढकाल, कृष्ण घिमिरेलगायत छन् ।

प्रदेश सरकारले असोज १६ मा राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि उद्योगी–व्यवसायीहरू रूपन्देही नै राजधानी हुनुपर्ने माग राखी विरोधमा उत्रिएका थिए ।

उद्योगी एवं व्यावसायिक सञ्जालमा यहाँका उद्योग संघ, उद्योग वाणिज्य संघ, व्यापार संघ, रूपन्देही उद्योग–व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत ६० वटा संघसंस्था छन् ।

व्यवसायीहरूले प्रदेश सरकारका कुनै पनि कार्यक्रममा भाग नलिने र आफ्ना कुनै पनि कार्यक्रममा प्रदेश सांसदलाई नबोलाउने निर्णयसमेत गरेका छन् ।

संघसंस्थाहरूको सञ्जाल रूपन्देहीका अध्यक्ष यमलाल लोहनीले पार्टी त्याग्नेहरूको सूची नेकपा जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई बुझाइने बताए ।

भर्खरै प्रकाशित

भारतीय सेनाले पहिलो पटक नेपाली महिलाका लागि भर्ती खोल्यो, योग्यता…

काठमाडौँ। नेपाली महिलालाई भारतीय सेनामा भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि पहिलोपल्ट नेपाली महिलाबाट पनि भर्ना लिने भएको हो ।…

एलियनसँग सम्पर्क गरे मानव जाति नै समाप्त

काठमाडौं। एलियनसँग सम्बन्धित कैयौं घटना हामीले सुन्ने गरेका छौं । हालै अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा र अन्य अमेरिकी विशेषज्ञहरुले पनि युएफओ देखेको घटनाका पुष्टि…

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…